८ वैशाख २०८१ शनिबार
समाज

भक्तपुरमा घट्यो अपराधका घटना

भक्तपुर- भक्तपुरमा अपराधका घटनामा कमी आएको तथ्यांकले देखाएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५।०७६ साउनदेखि चालू आर्थिक वर्ष २०७६।०७७ को माघसम्म जिल्लामा अपराधका घटनामा कमी आएको देखाएको हो।

सार्वजनिक तथ्यांक अनुसार कर्तव्य ज्यान, सवारी ज्यान, चोरीडाँंका, अपहरण, लागुऔषध, जवरजस्ती करणीलगायतका अपराधमा कमी आएको हो। अपराध विश्लेषण तथा तुलनात्मक विश्लेषणमा देखिए अनुसार गतवर्षको साउनदेखि माघ महिनासम्म पाँंच वटा कर्तव्य ज्यान भएका थिए तर चालू आर्थिक वषर्मा सोही अर्थात माघ महिनासम्ममा एउटा मात्रै कर्तव्य ज्यानका अपराध भए। यसरी नै गतवर्षको माघ महिनासम्ममा ३७ वटा सवरी ज्यान गएकोमा चालू आर्थिक वर्षको सोही महिनासम्ममा १७ वटा मात्रै यस्तो घटना भयो।

यसैगरी गत आवको माघसम्म ९९ वटा चौरी डाँंकाका घटना भएका थिए तर यो चालू आवको उही महिनासम्ममा ५५ वटा मात्रै यस्ता घटना भए। गत आवको माघसम्म महिनासम्ममा एक वटा अपहरणका घटना भएकोमा चालू आर्थिक वर्षको उही महिनामा पनि एउटा मात्रै यस्ता घटना भए। गत आवको माघ महिनासम्म ३६ वटा लागुऔषधका घटना भएकोमा यो चालू आवमा १० वटा मात्रै भए।

बैंकिग कसुर एउटामा भने गत आवको तुलनामा यो आवको माघसम्म बढेको छ। गत आवको यो माघ महिनासम्ममा ७६ वटा बैंकिंग कसुरका घटना भएकोमा चालू आवको माघसम्म त्यो संख्या बढेर ८२ मा चढको छ। गत आवमा ४३ वटा घटना भएकोमा चालू आवको माघसम्म घटेर जम्मा २१ वटा मात्रै जवरजस्ती करणीका घटना भए। महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले जिल्लाको शान्तिसुरक्षालाई चुस्तदुरुस्त पारेकाले घटना कमी भएको दाबी गरे।  

प्रकाशित: १८ फाल्गुन २०७६ १३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App