coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

लोकतान्त्रिक सरकार भएपनि प्रेस स्वतन्त्रताको प्रत्याभूति हुन सकेन : अध्यक्ष आचार्य

काठमाडौं- नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले लोकतान्त्रिक सरकार भएपनि प्रेस स्वतन्त्रताको प्रत्याभूति भने हुन नसकेको बताएका छन्।

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल इञ्जाको स्थापना दिवसको अवसरमा काठमाडौंमा आईतबार आयोजित कार्यक्रममा अध्यक्ष आचार्यले व्यवस्था परिर्वतन भएपनि प्रेस स्वतन्त्रताको अवस्था भने संकुचित हुदै गएको बताए। लोकतान्त्रिक सरकार भएपनि लेख्ने स्वतन्त्रताका लागि संचारकर्मी सडकमा आउनुपर्ने अवस्था श्रृजना हुनु दुखद भएको उनको भनाई छ। लोकतन्त्रको मुख्य आधार प्रेस स्वतन्त्रता भएपनि सरकारले सरोकारवाला पक्षसंग एक पटक पनि छलफल नै नगरि मिडिया काउन्सिल, सूचना प्रविधि विधेयक ल्याएको गुनासो उनले गरे।

उनले भने “ आज देशमा लोकतन्त्र स्थापना भयो। लोकतान्त्रिक सरकार चयन भयो। तर अहिले पनि हामी लडिरहनुपरेको छ। अहिले पनि लेख्ने स्वतन्त्रताको लागि सडकमा आउनुपर्ने अवस्था छ। ऐन कानुनहरु संसदमा जाँदाखेरी संविधानभन्दा विपरितका छन्। तर कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको निरन्तर खबरदारी गर्ने दायित्वबाट हामी विचल्लित हुदैनौ। प्रेस स्वतन्त्रताको पक्षमा सधै लडिरहनेछौ।”

प्रकाशित: १८ फाल्गुन २०७६ १०:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App