८ वैशाख २०८१ शनिबार
समाज

अज्ञात व्यक्तिको गोलि प्रहारबाट वृद्ध घाइते

महोत्तरी- अज्ञात व्यक्तिको गोलि प्रहारबाट महोत्तरीमा ६१ वर्षिय एक वृद्ध गम्भीर घाइते भएका छन्। मनरा सिस्वा नगरपालिका-३ सौनल घर भएका ६१ वर्षिय सहदेवप्रसाद यादव अज्ञात व्यक्तिको गोलि प्रहारबाट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

आइतबार बिहान २ बजेको समयमा शौच गर्न घरबाहिर निस्केका यादवमाथि गोलि प्रहार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी माधव बुढाथोकीले बताएका छन्। घाइते यादव पूर्व शिक्षक समेत हुन्। छातीमुनि गोली लागेका कारण गम्भीर भएका यादवको जनकपुरको जानकी केयर हस्पिटलमा उपचार भइरहेको छ।

घटना भएको जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकी नेतृत्वको प्रहरी टोलीले घटनास्थल पुगी चिनियाँ पेस्तोलमा लाग्ने दुई राउण्ड गोलीका खोका र एक राउण्ड गोली बरामद गरेको जनाइएको छ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाको रहस्य भने खुल्न नसकेको प्रहरीको भनाई छ। यसैबीच प्रहरीले उक्त घटनामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिई सोधपुछ गरि रहेको जनाइएको छ। घटनामा संलग्न अपराधिलाई छिट्टै पक्राउ गरि कानुनी कारवाही गर्ने महोत्तरी प्रहरीको दाबी छ।

प्रकाशित: १८ फाल्गुन २०७६ ०७:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App