coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बूढीगण्डकी जलविद्युत् अायोजनाः मुआब्जा लिन दुई सय २६ को निवेदन

गोरखा– बूढीगण्डकी जलविद्युत आयोजनाबाट मुआब्जा लिन २ सय २६ जग्गाधनीले निवेदन दर्ता गराएका छन् । आयोजनाले पहिलो चरणमा घ्याल्चोक, भुम्लिचोक र दर्बुङ गाविसको २ हजार कित्ता अधिग्रहण गर्न ३५ दिने सूचना जारी गरेको सोमबार अन्तिम दिन हो ।

जिल्ला मालपोत कार्यालय गोरखामा १ सय ४० जना र बूढीगण्डकी आयोजनाको कार्यालय घ्याल्चोकमा २ सय २६ जग्गाधनीले मुआब्जा निवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालयले आयोजना क्षेत्रको गोरखा र धादिङ गरी २७ गाविसको जग्गा रोक्का गरेको छ। २७ गाविसमध्ये पहिलो चरणमा ३ गाविसको मात्रै मुआब्जा तोकिएको थियो। जग्गा रोक्का गरिएका अन्य गाविसको पनि मुआब्जा निर्धारण गरिने जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ। 

निवेदन दिएकालाई मुआब्जा वितरण थालिने आयोजनाले जनाएको छ। निवेदन दिन बाँकीले जुनसुकै बेला निवेदन दिन सक्ने छन्। निवेदन आइसकेकालाई मुआब्जा वितरण प्रक्रिया सुरु हुनेछ भने बाँकी रहेकाले पनि छिटो निवेदन दिए काम छिटो हुने र मुआब्जा चाँडै पाउने आयोजनाका कार्यकारी निर्देशक गोपाल बस्नेतले बताए।

 

प्रकाशित: २० पुस २०७३ ०६:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App