८ वैशाख २०८१ शनिबार
समाज

भारतबाट गोरुको तस्करी, ८ ट्रक गोरु नियन्त्रणमा

कपिलवस्तु— पूर्व–पश्चिम राजमार्गको खरेन्द्रपुरमा सोमबार राति प्रहरीले १ सय ७१ वटा गोरु नियन्त्रणमा लिएको छ। इलाका प्रशासन कार्यालयको अगुवाइमा रहेको प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले राति १० बजेततिर आठवटा ट्रकमा लोड गरिएका गोरु नियन्त्रणमा लिएको हो।

गोरुको अवैध तस्कारी भइरहेको गुनासो आएपछि सो कदम चालिएको इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख मेघनाथ पाध्याले बताए। कार्यालयका शाखा अधिकृत जगदीश अर्यालको नेतृत्वमा रहेको टोलीले ट्रक रोकी गोरु नियन्त्रणमा लिएको छ। कपिलवस्तुको बहादुरगन्ज, जवाभारी, गडगौंडा लगायत स्थानबाट लोड गरिएका ट्रक रातारात हेटौंडा लैजाने गरेको शाखा अधिकृत अर्यालले बताए।

गोरु तस्करले नेपालको भूमि प्रयोग गर्दै बंगलादेशसम्म गोरु पुरयाउने गरेका छन् । उनीहरुले तराईका विभिन्न जिल्लाका भन्सार नाकाबाट भारतीय गोरु प्रवेश गराई जोगबनी नाकाबाट बंगलादेश लैजान्छन् ।

नियन्त्रणमा लिइएको गोरु ल्याउनेसँग पशु क्वारेन्टाइनले बनाएको कागजात, बहादुरगन्ज हाट बजारबाट खरिद गरेको कागज रहेको प्रमुख पाध्याले बताए। तर ती गोरु अझैसम्म नियन्त्रणमै रहेको उनले बताए । भारतबाट अवैधरुपमा नेपाल प्रवेश गराई कपिलवस्तुको कृष्णनगरमा रहेको पशु क्वारेन्टाइनका कर्मचारीको मिलेमतोमा गोरुको नेपाली कागज बनाइएको स्रोतले बताएको छ ।

खुला सीमाको फाइदा उठाउँदै ती स्थानमा कृषि प्रायेजनका लागि भन्दै भिœयाइउका गोरुका लागि क्वारेन्टाइनका कर्मचारीहरुले कागज बनाई दिएबापत अतिक्ति रकम लिने गरेका स्रोतको दाबी छ । ना ५ ख ८८९०, ना ६ ख ५८०, ना ६ ख २०८१, ना ६ ख ६३०८, ना ६ ख ३३३४, ना ६ ख ५२०५, ना ५ ख ९००९ र ना ६ ख ६५१० नम्बरको ट्रकमा ती गोरु लोड गरी लैजाँदै गरेको अवस्थामा कपिलवस्तुको खरेन्द्रपुरबाट पक्राउ गरिएको हो ।

गोरु तस्करले नेपालको भूमि प्रयोग गर्दै बंगलादेशसम्म गोरु पुरयाउने गरेका छन् । उनीहरुले तराईका विभिन्न जिल्लाका भन्सार नाकाबाट भारतीय गोरु प्रवेश गराई जोगबनी नाकाबाट बंगलादेश लैजान्छन् ।

भारत र नेपालका तस्करहरुले सिरहाको बाटो ती गोरु पश्चिम बंगाल हँुदै बंगलादेश पु¥याउने गरेको स्रोतको दाबी छ । झापाबाट पनि ती गोरु पुनः भारत प्रवेश गराएर बंगलादेश पु¥याइने गोरु ओसारपसारमा संलग्न सिराहाका नुर मोहम्मदले बताए । उत्तर प्रदेशको गोरु प्रवेशमा भारतको बिहार सरकारले रोक लगाएपछि तस्करले नेपालको बाटो प्रयोग गर्दै आइरहेका छन् । कपिलवस्तुदेखि सर्लाहीसम्मका क्षेत्रमा तीन दर्जन बढी प्रहरी चेक पोस्ट सजिलै पार गर्दै कारोबार गरेकोले पनि यसमा ठूलो नेटवर्क संलग्न रहेको पुष्टि हुन्छ ।

करोडौंको खेल हुने यो तस्करीमा अहिले कपिलवस्तु आधार इलाका बनेको छ । रुपन्देही, नवलपरासी, दाङ र नेपालगन्ज पनि यसबाट अछुतौ छैन । तस्करले भाडाका मानिसबाट गोरु हिँडाउँदै जिल्ला ल्याउने र ट्रकबाट गन्तव्यमा पु¥याउने गरेका छन् । पशु क्वारेन्टाइनका कर्मचारी र गाविस सचिवलाई मिलाएर सिफारिस लिने गरेको पाइएको छ । बंगलादेशमा गोरु मासु खान प्रयोग गरिने हुँदा यसको माग उच्च रहेको बताइन्छ । यहाँबाट लगिएको गोरु त्यहाँ तेब्बर मूल्यमा बिक्री हुने स्रोतको दाबी छ । उनीहरुले कृषि प्रयोजनका लागि भन्दै गोरु भिœयाउने र पक्राउ परेमा रातारात भन्सारसमेत तिर्ने गरेको स्रोत बताउँछ । तस्करले कानुनी अस्पष्टताको फाइदा उठाएर निर्वाध कारोबार गरिरहेको जानकार बताउँछन् । जिल्लाको नन्दनगर, पकडी, धनकौली लगायत आधा दर्जनभन्दा बढी स्थानमा अझै पनि रातारात गोरु तस्कारले माल लोड गर्ने गरेका छन् । यसबारे प्रहरी उपरीक्षक भोजजंग शाहसँग प्रतिक्रिया लिन खोज्दा उनले फोन उठाएनन् ।

प्रकाशित: २० पुस २०७३ ०६:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App