८ वैशाख २०८१ शनिबार
कला

पुरुषको भेषमा टेलर स्विफ्ट

न्युयोर्क – अमेरिकी गायिका टेलर स्विफ्ट नयाँ गीत ‘द म्यान’ को म्युजिक भिडियोको गेटअपका कारण चर्चामा आएकी छन्। उनको सातौं एल्बम ‘लभर’ मा समावेश नयाँ गीतको म्यूजिक भिडियोमा उनी पुरुषको भूमिकामा देखिएकी छन्।
संगीत क्षेत्रमा सक्रिय पुरुषहरूमाथि लक्षित गरिएर सार्वजनिक भएको सो म्युजिक भिडियोमा उनी अत्याधिक चुरोट पिउने र विभिन्न मनोरञ्जन स्थलहरू चहार्ने पुरुषको भूमिका निर्वाह गरेकी छन्।

यसअघि संगीत प्रबन्धक स्कुटर ब्राउनले गायिका स्विफ्टको गीतको क्याटलग खरिद गरेपछि उनको स्वरमा रहेको सबै गीतको कपिराईटको निम्ति वकिलसँग सहकार्य गरेकी थिइन्। गत जुनमा ब्राउनको इथका होल्डिंगले स्कट बोर्चेटाको नेतृत्वमा रहेको बिग मेसिन लेबल खरिद गरेको घोषणा गरेको थियो। जसले गायिका स्विफ्टको ६ वटा एल्बम रिजिल गरेको थियो। यसमध्ये ग्रामी अवार्ड जितेको सन् २००८ को ‘फेयरलेस’ समेत परेको थियो। गायिका स्विफ्टलाई उनको स्वरमा रहेको पुरानो गीतहरू प्रस्तुत गर्न रोक लगाइएको थियो।

गत वर्षमा गायिका स्विफ्टले बिग मेसिन लेबललाई छाडेर युनिभर्सल म्युजिकसँग सम्झौता गरेकी थिइन्। केही समयअघि संगीत प्रबन्धक स्कुटर ब्राउनलाई ज्यान मार्ने धक्की आएपछि उनले गायिका स्विफ्टसँगको ६ महिना लामो विवादको अन्त्य गर्न सार्वजनिक रुपमा याचना गरेका थिए। उनको सो म्युजिक भिडियो संगीत प्रबन्धक स्कुटर ब्राउनप्रति लक्षित रहेको अनुमान गरिएको छ।

गत जुनमा ३० करोड अमेरिकी डलरमा बिग मसिन किनेपछि ब्राउनमाथि आफ्नो सांगीतिक इतिहासलाई ध्वस्त पार्न खोजेको गायिका स्विफ्टले आरोप लगाउँदै आएकी छन्। ब्राउन र बिग मसिनका संस्थापक स्कट बोर्चेटाले अमेरिकन म्युजिक अवार्डमा समेत पुराना गीतहरूको रिमिक्स गाउन रोक्न खोजेको दाबी उनले गरेकी थिइन्। उनले पप संगीतका स्टार माइकल ज्याक्सनको रेकर्ड तोड्दै अमेरिकी म्युजिक अवार्डमा दशकको उत्कृष्ट आर्टिस्टलगाा अवार्डबाट सम्मानित भएकी थिइन्।

प्रकाशित: १८ फाल्गुन २०७६ ०३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App