coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

'सरकार बलात्कारी र भ्रष्टाचारीको संरक्षक'

शिक्षक संघ डोल्पाको आयोजनामा भएको नेपाल शिक्षक संघ जिल्ला प्रतिनिधि सभा भेलामा सहभागी ।

डोल्पा- नेपाली काँग्रेस डोल्पाका जिल्लास्तरका नेताहरुले कम्युनिष्टको सरकार बलात्कारी र भ्रष्टाचारीको संरक्षक भएको आरोप लगाएका छन्। नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघ डोल्पाकोे १९ औ जिल्ला प्रतिनिधि भेलामा सम्बोधन गर्ने क्रममा उक्त आरोप लगाएका हुन्।

सकारात्मक परिर्वतनको लागि सक्षम नेतृत्व, शिक्षकको मर्यादित पेशा विद्यार्थीहरुको जीवनउपयोगी शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ त्रिपुरासुन्दरी नगरपालिकामा भएको प्रदेश सभा भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेसकी पूर्व सभासद दुधकुमारी हमालले नेकपाको सरकार दुई तिहाईको दम्बमा बलात्कारी र भ्रष्टाचारीको संरक्षण गर्दै तानाशाह बनिरहेको बताएकी हुन्। बाहिर प्रचारमा भ्रष्टाचारमा शुन्य शहनसिलता जनाउने भित्रभित्रै देशलाई नै खोक्रो बनाउने गरि अर्बौंको नितिगत भ्रष्टाचार गरेर ओली सरकार भ्रष्टाचारीको नायक बन्दैछ।

बहुमतले जे पनि हुन्छ भन्ने गलत मानसिकताबाट उत्प्रेरित सरकारलाई समयमै सच्चिन नेपाली काँग्रेसले आग्रह गरिरहेको र नसच्चिए जनताले सडकबाटै सरकार परिर्वतन गर्न सक्ने चेतावनी पनि पूर्वसभासद हमालले दिइन्। शिक्षक महासंघका केन्द्रीय सदस्य युवराज शाही, लक्षमण कार्की, नेपाली काँग्रेस महासमिति सदस्य देविकृष्ण उपाध्याय र शिक्षक संघ डोल्पाका अध्यक्ष सत्यनारायण शाहा लगायतका वक्ताले शक्ति र सत्ताको आडमा नेकपा सरकारले शिक्षक संघ आवद्द शिक्षकहरुलाई झुट्टा मुद्दा लगाउने साँघातिक हमला गर्ने गरेको बताए।

फागुन २४ देखि २५ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुन गइरहेको नेपाल शिक्षक संघको प्रदेशसभा भेलामा पठाइने प्रतिनिधि भावी कार्यक्रम बर्तमान संगठनको अवस्था लगायतका विषयहरुमा शिक्षक संघ जिल्ला सभाले निर्णय गर्ने शिक्षक संघका सचिव पुर्णकेशर न्यौपानेले जानकारी दिए।

जिल्लामा छरिएर रहेका शिक्षकसंघ आवद्द शिक्षकहरुको बाग्लो उपस्थिती रहेको जिल्ला प्रतिनिधि सभाले प्रदेश सभा भेलामा सहभागी हुने प्रतिनिधि समेत चयन गर्ने र भेला आइतबारसम्म चल्ने बताइएको छ। भेलामा विभिन्न जिल्लाबाट स्थायी भएर डोल्पामा आई शिक्षकसंघमा आवद्द भएका नवआगुन्तक शिक्षकहरुलाई अविर टिका र राइका लगाएर सम्मान गरिएको थियो।

 

प्रकाशित: १७ फाल्गुन २०७६ १३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App