७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

दिल्ली साम्प्रदायिक दंगाः पछिल्लो १८ वर्षकाे तेस्रो ठूलो घटना, कहिले के-के भयाे ?

नयाँ दिल्ली - भारतको राजधानी दिल्लीमा भएको साम्प्रदायिक दंगामा हालसम्म ४२ जनाले ज्यान गुमाएका छन् भने साढे तीन सयभन्दा बढी घाइते भएका छन्। विवादास्पद नागरिकता कानुनलाई लिएर तीन महिनादेखि देशैभर विरोध प्रदर्शन भइरहेको छ। यसक्रममा सयभन्दा बढीको ज्यान गइसकेको छ। पछिल्लो हिंसात्मक झडप उक्त कानुनको पक्ष र विपक्षमा रहेका हिन्दु र मुस्लिम समुदायबीच भएको हो।

ज्यान गुमाएकाहरुको संख्याका आधारमा पछिल्ला १८ वर्षमा भएका यस्ता दंगामध्ये दिल्ली दंगा तेस्रो ठूलो घटना हो। सन २००५ मा यूपीको मऊ जिल्लामा रामलीला कार्यक्रममा मुस्लिम पक्षले हमला गरेको थियो। त्यसपछि भएको दुई पक्षिय झडपमा १४ जनाले ज्यान गुमाएका थिए।

यस्तै २००६ मा गुजरातको वडोदरामा प्रशासनको हस्तक्षपका कारण भएको हिंसामा पनि ८ जनाले ज्यान गुमाएका थिए। २०१३ मा उत्तर प्रदेशको मुजफ्फरनगरमा एक युवतीमाथि दुर्व्यहार प्रकरणमा पनि दुई पक्षिय हिंसा भड्किएको थियो। यसपछि पश्चिमी यूपीमा भएका अगलअगल जिल्लामा भएको हिंसामा ६२ जनाले ज्यान गुमाएका थिए। १८ वर्षपहिले २००२मा गुजरातमा भएको दंगामा पनि २ हजार बढीले ज्यान गुमाएका थिए। सरकारी तथ्यांकः ४ वर्षमा २ हजार ९ सय २०

दंगा, ३ सय ८९को मृत्यु
भारतमा सन २०१४ देखि २०१७ सम्ममा २ हजार ९ सय २० साम्प्रदायिक दंगा भएका छन् जसमा ३ सय ८९ जनाले ज्यान गुमाएको सरकारी तथ्यांक छ। जसमा करिब ९ हजार मानिसहरु घाइते भए। सन २०१८ मा गृहमन्त्रालयले दिएको जानकारी अनुसार यी ४ वर्षमा सबैभन्दा बढी ६ सय ४५ यस्ता घटना यूपीमा भए। दोस्रो नम्बरमा कर्नाटक रह्यो। जहाँ यी ४ वर्षमा ३ सय ७९ घटना भए। महाराष्ट्रमा ३ सय १६ घटना भए। राष्ट्रिय क्राइम ब्यूरो(एनसीआरबी)काअनुसार पछिल्लो ४ वर्षमा यस्ता साम्प्रदायिक घटना कमी आएको जनाइएको छ।

२००४ देखि २००१७ सम्म १० हजार ३ सय ९९ दंगा, १६०५ जनाको मृत्यु
गृहमन्त्रालयकाअनुसार २००४ देखि २००१७ सम्म १० हजार ३ सय ९९ दंगा भए जसमा १ हजार ६ सय ५ जनाले ज्यान गुमाए भने ३० बढी मानिसहरु घाइते भए। तथ्यांकअनुसार सबैभन्दा बढी सन २००८ मा यस्ता घटना भए। २००८ मा मात्रै ९४३ यस्ता घटनामा १६७ जनाले ज्यान गुमाए भने २३ सय बढी घाइते भए। सबैभन्दा कम २०११ मा यस्ता घटना भए। जहाँ ५८० घटनामा ९१ जनाले ज्यान गुमाए।

प्रकाशित: १७ फाल्गुन २०७६ ०३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App