coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

गोल्डेन पिक हाइस्कुलको २८औं वार्षिकोत्सव सम्पन्न

काठमाडौंको चावहिलस्थित गोल्डेन पिक हाइस्कुलले आफ्नो २८औं स्थापना दिवस मनाएको छ। गत शनिबार स्कुलले भव्य समारोह आयोजना गरी आफ्नो वार्षिकोत्सव मनाएको हो।

त्यस अवसरमा स्कुलका बालबालिकाको प्रतिभा प्रस्फुटनसम्बन्धी गतिविधि पनि प्रस्तुत गरियो। कार्यक्रमका विद्यार्थीले गीत/संगीत, नृत्य, नाटकका साथै योगका विभिन्न आसन प्रस्तुत गरेका थिए। नेपालका विभिन्न समुदायका संस्कृति झल्काउने वेशभूषा, गीत र नृत्य प्रस्तुत गरिएको स्कुलले जनाएको छ। स्कुल व्यवस्थापन समितिका अध्यक्ष अर्जुनकुमार खत्रीका अनुसार विद्यार्थीले हिमालका शेर्पा, तराईका थारू, सुदूर पश्चिमका हुडकेली नाच, पहाडका तामाङ, लामा, गुरुङ, राई, लिम्बू, नेवार र पूर्वका प्रख्यात लोकनृत्य पनि देखाएका थिए।

विद्यार्थीले दिगो विकास लक्ष्यको ३ र १३ नम्बर लक्ष्यमा आधारित ‘स्वस्थ जीवन र स्वच्छ वातावरण हाम्रो जिम्मेवारी’ शीर्षकमा चेतनामूलक नाटक प्रर्दशन गरेका थिए। विद्यार्थी कलाकारले मनोरञ्जनका साथै सन्देशमूलक गीतिनाटक पनि प्रस्तुत गरेका थिए। नेपाल बहुभाषी, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको हुँदा सबै मिलेर बस्नुपर्ने सन्देश विद्यार्थीले कलामार्फत दिएका थिए। साथै उनीहरूले हाल चलेका हरेक प्रकारका नृत्य शैली देखाएका थिए। कार्यक्रममा निर्मला हत्याकाण्डबारे पेचिलो प्रस्तुति पनि देखाइएको थियो।

वार्षिकोत्सवमा स्कुलका प्रिन्सिपल छत्रमणि राईसहितका अतिथिले नृत्य टोली, बास्केटबल/फुटबल खेलाडी तथा हस्तलेखन, चित्रकला, संगीत/गायन, उद्घोषण आदि विधामा उत्कृष्ट भएकाहरूलाई पुरस्कारसहित सम्मान प्रदान गरेका थिए। साथै जेहेनदार विद्यार्थीलाई पनि हौसलास्वरूप पुरस्कार प्रदान गरिएको थियो। यस्तै विद्यार्थी परिषद्की अध्यक्ष सर्वज्ञा राईलाई कुशल नेतृत्वकर्ताका रूपमा सम्मान गरिएको स्कुलले जनाएको छ। यसैबीच सो अवसरमा स्कुलको मुखपत्र ‘गोल्डेन म्युजिङ’ पनि विमोचन गरिएको थियो।

प्रकाशित: १७ फाल्गुन २०७६ ०२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App