८ वैशाख २०८१ शनिबार
समाज

दश लाख नगदसहित दुई भारतीय पक्राउ

रौतहट- सशस्त्र प्रहरी बल नेपाल भारत सीमामा कडाइ गर्न थालेको छ। भारतबाट नेपाल आउने र नेपालबाट भारततिर जाने नागरिकमा सशस्त्र प्रहरीले कडाइ गर्न थालेपछि एक हप्तामै करिब तीस लाख रुपैयाँ बरामद गर्दै चार जनालाई नियन्त्रणमा लिन सफल भएको छ।

सशस्त्र प्रहरी बलले शुक्रबार दश लाख रुपैयाँ नगदसहित दुईजना भारतीय नागरिक पक्राउ गरेको छ। सशस्त्र प्रहरीले गौर भन्सारबाट सीमावर्ती भारतीय बजार बैरगनिया १४ का २६ वर्षीय सुरज जयसवाल र २१ वर्षीय सन्नीकुमार पटेललाई दश लाख रुपैयाँसहित पक्राउ गरेको हो।

सशस्त्र प्रहरी रौतहट प्रमुख रबिनराज कर्णजीतको कमान्डमा रहेको टोलीले दुवैजनालाई चेकजाँच गर्दा निजहरुको शरीरबाट नगद दश लाख रुपैयाँ नेपाली बरामद भएको र रकमको स्रोतको विषयमा नबताएकोले नियन्त्राण्मा लिइएको प्रहरीको भनाइ छ। उनीहरुबाट तीन थान मोबाइल पनि बरामद भएको छ।

पक्राउ परेका दुवै जनालाई नगदसहित आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएको गण प्रमुख  कर्णजीतले बताएका छन्।

गत हप्ता पनि सशस्त्र प्रहरीले एकजना नेपालीसहित दुई जनालाई स्रोत नखुलेको १९ लाख नेपाली रुपैयाँसहित पक्राउ गरेको थियो।

प्रकाशित: १६ फाल्गुन २०७६ १३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App