८ वैशाख २०८१ शनिबार
समाज

चन्दाबाट चलेका दल भन्दा साझा पार्टी अब्बल : मिश्र

भैरहवा- साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले चन्दा उठाएर चलिरहेका दल भन्दा साझा पार्टी अब्बल रहेको बताएका छन्। लुम्बिनीमा भइरहेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै संयोजक मिश्रले तीन वर्षमै नेपालमा वैकल्पिक राजनीतिक गुरुत्वाकर्षणको केन्द्रमा साझा पार्टी छ।

फरक धारको राजनीतिक शक्तिको रुपमा स्थापित भएका छौ। ‘अन्य पार्टीभन्दा साझा पार्टी धेरै कारणले राम्रो र अब्बल भएको दाबी गर्दै दलहरू चन्दा उठाएर चलिरहेका छन्, सुसंस्कृत छैनन् तर, हामी र हाम्रा सदस्यहरू आफ्नै पेशा व्यवसायमै फरक ढंगले चलिरहेका छौ,’मिश्रले भने।

२०४६ सालपछि नेपालमा धेरै मन र धन भएकाहरूले पार्टी खोलेर वैकल्पिक शक्ति बन्ने प्रयास गरे पनि सफल हुन सकेनन्। लोकतन्त्रका आधारभूत मुल्य मान्यता, मानव अधिकार र जनजीविकामा सरकार अनुदार बन्दै गएको आरोप लगाए। पार्टी निर्माणको क्रममा आएका कठिनाइलाई चिरेर अगाडि बढ्नुपर्ने बताउदै संयोजक मिश्रले उपनिर्वाचनको परिणामको चर्चा गर्दै ‘सगरमाथाको चुचुरोमा पुग्न बारम्बार ओरालो पनि झर्नुपर्छ’ भन्ने कुरालाई बिर्सन नहुने बताए।

सामान्य ७–८ जनाको परिवारमा त विमति हुन्छ भने सिंगो पार्टीमा हुनु स्वभाविक रहेको बताउदै उनले पार्टी निर्माण सामान्य नभएकोले देश निर्माण गर्ने फरक धारको पार्टी बनाउने गरी सबैजना विभिन्न चुनौतिलाई चिर्दै अगाडि बढ्नुपर्ने बताए।

कार्यक्रममा पार्टी प्रवक्ता सूर्यराज आचार्य, संगठन विभाग प्रमुख केशव दाहाल, राजनीतिक समिति प्रमुख मुमाराम खनाल, नेताहरू किशोर थापा, शोभा शाक्य, अनुपमान सैजु, शरदराज पाठकलगायतले साझा पार्टी नेपालको वैकल्पिक राजनीतिक शक्तिको रूपमा स्थापित भइसकेको बताए।

साझा पार्टी फरक विचार, नयाँ ऊर्जा, संगठन र विचार नाराका साथ साझा पार्टीको ३ दिने साझा राष्ट्रिय भेला बिहीबारदेखि लुम्बिनीमा सुरु भएको छ। पार्टीले निर्माण गरेको राजनीतिक र संङगठनात्मक पुँजीलाई सुदृढ गर्न पार्टीलाई सक्दो छिटो नेतृत्वमा पु¥याउन नियमित संगै प्रभावकारी ढंगले संगठन विस्तार तथा सुदृढीकरण, नीती तथा स्कुलिङ, अभियान, धु्रवीकरण स्रोत व्यवस्थापन र परिणाममुखीका लागि अनुगमन र मुल्याङकन गर्ने निर्णय गरेको छ।  भेलामा पार्टी निर्माणको राणनीति र आगामी कार्ययोजनाका बारेमा छलफल भएको छ।

बैकल्पिक राजनीति, लोककल्याणकारी लोकतन्त्र, ईमान्दारीता, विधिको शासन, सुशासन र संवृद्धिका मुद्दामा गहन छलफल गरि भेलाले लुम्बिनी घोषणा पत्र जारी गर्ने छ। भेलामा देश विदेशका केन्द्रीय, जिल्ला, प्रदेशका नेता, अगुवा सदस्यसहितको ५ सय ६० जनाको सहभागिता रहेको छ।

 

प्रकाशित: १६ फाल्गुन २०७६ १३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App