coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा २ हजार ३३७ जना कोरोना भाइरस सङ्क्रमित

सोल- दक्षिण कोरियामा थप ५७१ जना कोरोना भाइरस सङ्क्रमित भएपछि सङ्क्रमति व्यक्तिको सङ्ख्या २ हजार ३३७ पुगेको छ।  दक्षिण कोरियामा यस भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको समाचारमा जनाइएको छ।

दक्षिण कोरियाको कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापन केन्द्रको स्थानीय समयानुसार बिहानको १० र अपराह्न ५ बजे दुई पटक यस रोगको सङ्क्रमित र मृतकको सङख्यालाई अपडेट गराउँदै आएको छ।

विश्वभरीमा कोरोनाबाट सङ्क्रमित भएका व्यक्तिहरुको संख्या करिब ८३ हजार पुगिसकेको छ, र यसबाट चीन सबैभन्दा बढी  प्रभावित भएको छ। गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान शहरबाट यस भाइरसको सङ्त्र्mमण सुरु भएको थियो। सिन्ह्वा

प्रकाशित: १६ फाल्गुन २०७६ १०:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App