coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

लिवर्टी इनर्जीले साधारण शेयर बिक्री गर्ने

काठमाडाैँ - लिवर्टी इनर्जीले आयोजना प्रभावितलाई पहिलो चरणमा १५ करोड रूपैँया बराबरको १५ लाख कित्ता साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ। कम्पनीले आज एक आह्वानपत्र सार्वजनिक गरी साधारण शेयर बिक्री गर्न लागेको जानकारी दिएको हो।

प्रकाशित विवरणअनुसार कम्पनीले पहिलो चरणमा लमजुङका आयोजना प्रभावितका लागि १५ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो। उक्त शेयर यही फागुन २७ गतेदेखि बिक्री गरिनेछ। आयोजना प्रभावितलाई छुट्याइएको १० प्रतिशत शेयर बिक्री गर्न लागिएको हो।

प्रतिकित्ता रु १०० का दरले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने विवरणमा समावेश छ। यस्तै दोस्रो चरणमा कम्पनीले आम सर्वसाधारणलाई २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता शेयर बिक्री गर्ने जनाएको छ।

इक्रा नेपालले गरेको रेटिङमा कम्पनीको शेयरले ‘इक्रा एनपी ग्रेड ४ पाएको छ। कम्पनीले कूल २५ मेगावाट क्षमताको दोर्दी ए जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। आगामी वैशाखदेखि आयोजनाले व्यावासायिक विद्युत् उत्पादन गर्ने जनाएको छ। रासस

प्रकाशित: १६ फाल्गुन २०७६ १०:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App