मिनी पिसिएनएल पद्धतिबाट बिरामीको शल्यक्रिया

शुक्रबार, १६ फागुन २०७६, १५ : २६ नागरिक

काठमाडाैँ - निजी क्षेत्रबाट सञ्चालित नवजीवन अस्पताल धनगढीले ‘मिनि पिसिएनएल‘ पद्धतिबाट आर्थिक अवस्था कमजोर भएका बिरामीको निःशुल्करुपमा शल्यक्रिया गरी उपचार गरेको छ।

कुवेतको रेडक्रिसेन्ट सोसाइटीको प्राविधिक र आर्थिक सहयोगमा स्थानीय निकायले सिफारिस गरेका प्रोष्टेट ग्रन्थी, पिसाबनली र किड्नीमा फसेर रहेको पत्थरीका बिरामीको ‘मिनी पिसिएनएल’ पद्धतिबाट ३० बिरामीको निःशुल्क शल्यक्रिया गरिएको अस्पतालका सञ्चालक योगेन्द्र ओझाले जानकारी दिए।

नवजीवन अस्पताल प्रालिले आफ्नो वार्षिकोत्सवको अवसरमा पहिलोपटक यो पद्धतिबाट बिरामीको निःशुल्क शल्यक्रिया गरी उपचार गरेको हो। यो पद्धतिबाट शल्यक्रिया गर्दा बालबालिकाबाहेक वयस्कको शरीरको आधा भाग मात्र बेहोस बनाएर पत्थरी भएको बिरामीको शरीरको भागमा पाँच ‘एमएम‘को मसिनो प्वाल बनाई दूरबिनको सहायताबाट पत्थरी निकाल्ने गरिएको शल्यक्रियामा संलग्न वरिष्ठ युरो सर्जन डा सञ्जय खड्कीले बताए।

यो प्रविधिबाट शल्यक्रिया गर्दा कम जटिलता हुने, ठूलो चिरा लाउनु नपर्ने, बिरामीलाई २४ देखि ४८ घण्टाभित्र घर फर्काउन सकिने डा खड्कीले जानकारी दिए। यो शल्यक्रिया पद्धति आधुनिक प्रविधिको शल्यक्रिया विधि रहेको बताइएको छ। यस्तो आधुनिक प्रविधि प्रयोग गरी निःशुल्करुपमा शल्यक्रिया गरिएको नेपालमै यो पहिलोपटक रहेको बताइएको छ।

उक्त शल्यक्रियामा वरिष्ठ युरो सर्जन डा खड्कीसँगै एनेश्थेसियोलोजिष्ट डा रोजी जोशी पाठक, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा आनन्द पाठक, डा किसनप्रसाद शाहलगायतको टोली सहभागी थियो।





यसमा तपाईको मत

अन्य समाचार

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

ह्याकरहरूको एक समूहले आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गरेर चलाउन सफल भएका छन् ...

Ncell Footer Ad