८ वैशाख २०८१ शनिबार
समाज

वडा कार्यालयलाई जग्गादान

काठमाडाैँ - म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको वडा कार्यालय भवन निर्माण गर्न लिलबहादुर पुन र थमबहादुर पुनले तीन रोपनी जग्गा उपलब्ध गराएका छन्। कुम्रीमा भवन बनाउन पुनद्वयले उपलब्ध गराएका जग्गाको मूल्य स्थानीय बजार भाउअनुसार  चार लाख अनुमान गरिएको वडाध्यक्ष राजाराम सुवेदीले बताए।

लिलबहादुरले एक रोपनी छ आना जग्गा बिहीबार मालपोत कार्यालयबाट वडा कार्यालयको नाममा पास गरिदिएका छन्। जग्गा उपलब्ध गराउने घोषणा र समझदारी गरिसकेका थमबहादुरबाट राजीनामा पास हुने प्रक्रियामा छ।

जग्गा व्यवस्थापन गरेर भवन निर्माणको तयारी गरिएको वडाध्यक्ष सुवेदीले बताए। हाल मराङको वडा कार्यालय कुम्रीस्थित प्रगतिशील आमा समूहको भवनबाट सञ्चालन हुँदै आएको छ। वडा कार्यालय भवन बनाउन आगामी वर्षका लागि बजेट माग गरिने वडाध्यक्ष सुवेदीले बताए।

धौलागिरि गाउँपालिकाको अधिकांश वडा कार्यालयको आफ्नै भवन छैन। मुनास्थित तत्कालीन मुना गाविसको भवनमा गाउँपालिकाको कार्यालय राखिएको छ। पुरानो सामुदायिक भवनको एउटा कोठामा वडा कार्यालय सञ्चालन भएको छ। रासस

प्रकाशित: १६ फाल्गुन २०७६ ०७:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App