७ वैशाख २०८१ शुक्रबार
राजनीति

परिवार दलको महाधिवेशनको तयारी पूरा

काठमाडौं–नेपाल परिवारद दलले दोस्रो राष्ट्रिय महाविधेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। मंगलबार प्रज्ञा भवन कमलादीमा उद्घाटन हुने महाधिवेशन दुई दिनसम्म चल्नेछ।

महाविधेशनलाई भव्य र सभ्य बनाउन १७ वटा समिति गठन गरिएको सो पार्टीले जनाएको छ। महाधिवेशनका लागि ‘असल परिवारः समृद्ध नेपाल, अग्रपन्थी लोकतन्त्र हाम्रो मुल मन्त्र’ भन्ने नारा तय गरिएको छ। अग्रगामी लोकतन्त्रलाई आफ्नो दर्शन मान्ने परिवार दलले मुलुकमा वैकल्पिक लोकतान्त्रिक शक्ति स्थापित भएको दाबीसमेत गरेको छ। महाविधेशनमा जिल्ला, क्षेत्र र प्रादेशिक अधिवेशनबाट चयन भएर आएका एक हजार दुई सय प्रतिनिधिले भाग लिने छन्।

महाविधेशनमा एसियाका १५ मुलुकबाट विभिन्न राजनीतिक दलका प्रतिनिधि शुभकामना दिन आउने परिवार दलका अध्यक्ष एकनाथ ढकालले जानकारी दिए। महाधिवेशनमा करिव ३० लाख खर्च हुने अनुमान गरिएको उनले जनाए।  मुलुकका २४० निर्वाचन क्षेत्र र ७५ वटै जिल्लामा संगठन भएको नेपाल परिवार दलको हाल एक लाख सदस्य र ३२ हजार क्रियाशील सदस्य रहेको दाबी गरिएको छ। व्यवस्थापिका संसदमा दुई सिटको प्रतिनिधित्व रहेको परिवारका अध्यक्ष ढकाल वर्तमान मन्त्रिपरिषदमा शान्ति तथा पुर्ननिर्माण मन्त्री छन्। दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ राजनीतिक प्रतिवेदन पारित गर्ने बताइएको छ।

 

प्रकाशित: २० असार २०७३ ०५:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App