coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मृत्यु हुनेको संख्या दुई हजार आठ सय नाघ्यो, जापानबाट एक सय २४ को उद्धार

बेइजिङ –  कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु हुनेको संख्या दुई हजार आठ सय नाघेको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख ट्रेडोस अधानोमका अनुसार कोरोना भाइरसबाट चीनमा दुई हजार सात सय ४७ र अन्य देशमा ५४ गरी दुई हजार आठ सय १ पुगेको छ।

उनले चीनमा ४८ हजार ६ सय ३० र अन्य देशमा तीन हजार चार सय ७४ संक्रमित भएको बताए। यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख ट्रेडोस अधानोमले कोरोना भाइरसको विषयमा अहिले चीन नभएर बाँकी विश्व ‘हाम्रो सबैभन्दा ठूलो चिन्ता’को विषय भएको भएको बताएका छन्।

चीनको तुलनामा बाँकी देशमा नयाँ संक्रमणको दर बढेको भएको पाइएपछि उनको यो भनाई सार्वजनिक भएको हो।
उनले पछिल्लो २४ घन्टामा सात नयाँ देशमा कोरोनाको संक्रमण भेटिएको बताए। सबै देशले कोरोना नियन्त्रणका लाािग कदम चाल्नुपर्ने उनको भनाइ छ। ‘यदि तपाईंहरूले अहिले नै कदम चाले कोरोना भाइरस नियन्त्रण गर्न सक्नुहुनेछ। आम सर्वसाधारणलाई संक्रमित हुनबाट जोगाउन सक्नुहुनेछ, जीवन बचाउन सक्नुहुनेछ,’ उनले भने।

एक नेपालीसहित एक सय २४ जना जापानबाट उद्धार
काठमाडौं – भारतले कोरोनाको संक्रमण फैलिइरहेको जापानबाट एक नेपालीसहित एक सय २४ जनालाई उद्धार गरेको छ। उद्धार गरिएका मध्ये पाँच विदेशी र एक सय १९ जना भारतीय नागरिक रहेका छन्। उनीहरूलाई एयर इन्डियाको विशेष विमानमार्फत बिहीबार बिहान उद्धार गरिएको भारतीय विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएका छन्। उनीहरूलाई कोरोनाको प्रकोप फैलिइरहेको यकोहामा पोर्टमा रहेको पानीजहाजबाट उद्धार गरिएको हो।

उनीहरू डायमन्ड प्रिन्सेस जहाजमा सवार रहेका थिए। भारतले छिमेक पहिलो नीतिअनुसार गैरभारतीयहरुलाई पनि उद्धार गरेको जनाएको छ। उद्धार गरिएका उनीहरूलाई १४ दिन भारतीय सेनाले तयार पारेको हरियानास्थित क्वारेन्टाइनमा राखिने भारतीय विदेश मन्त्रालयले जनाएको छ। पानीजहाजमा रहेका एक सय ३८ भारतीय मध्ये १६ जना क्रु–सदस्यमध्ये १६ जनामा कोभिड–१९ पोजेटिभ देखिएपछि उनीहरूको जापानमै आवश्यक उपचार भइरहेको मन्त्रालयले जनाएको छ। पानीजहाजमा रहेकाहरूमा कोभिड–१९ को संक्रमण भएको पाइएपछि जापान सरकारले उक्त जहाजलाई क्वारेन्टाइनमा राखेको थियो।

जापानी प्रधानमन्त्री भन्छन्– संक्रमण फैलन नदिन विद्यालय बन्द गरौं
टोकियो – जापानका प्रधानमन्त्री शिन्जो आबेले देशमा कोरोना भाइरसको संक्रमण फैलन नदिन विद्यालय बन्द गर्न बिहीबार आग्रह गरेका छन्। पछिल्लो समय कोरोना संक्रमण फैलन क्रम बढेपछि यसलाई रोक्न प्रधानमन्त्री आबेले देशभरका विद्यालयलाई केही हप्ता बन्द गर्न आग्रह गरेका हुन्।

स्वास्थ्य अधिकारीका अनुसार जापानमा कोरोनाबाट ९०७ संक्रमित छन् भने कम्तीमा ८ जनाले ज्यान गुमाएका छन्।
‘सरकारले बच्चाहरूको स्वास्थ्य र सुरक्षालाई अरूभन्दा उच्च प्राथमिकता दिनुपर्छ,’ आबेले भने। उनका अनुसार देशभरका प्राथमिक, निम्न माध्यामिक र माध्यमिक विद्यालयलाई आउँदो मार्च २ गतेदेखि अस्थायीरूपमा केही समयका लागि अर्थात् हिउँदे विदासम्मका लागि बन्द गर्न आह्वान गरिएको छ। जापानमा ‘स्प्रिङ होलिडे’ मार्चको अन्त्यमा सुरू हुने गर्छ।

जापानको उत्तरी होकाइदो सहरमा गत बिहीबार ८० वर्षका वृद्धलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि त्यहाँका सार्वजनिक प्राथमिक तथा निम्न माध्यमिक विद्यालयहरू यसअघिदेखि नै बन्द भइसकेका छन्।

प्रकाशित: १६ फाल्गुन २०७६ ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App