८ वैशाख २०८१ शनिबार
समाज

मौसमी फ्लुको संक्रमण बढ्यो

काठमाडौं - तीन सातादेखि फैलिएको मौसमी फ्लुको संक्रमण वृद्धि भइरहेको विशेषज्ञ चिकित्सकले जनाएका छन्। उनीहरू ज्वरो आउने, मांशपेशी दुख्ने, सुख्खा खोकी लाग्ने, रुघाखोकी जस्ता समस्याका कारण उपचारमा आउने बिरामीको संख्यामा वृद्धि भएको बताए। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार दैनिक एक दर्जनभन्दा बढी बिरामी मौसमी फ्लुकाा मात्रै उपचारका लागि पुग्ने गरेका छन्।

उपचारमा पुगेका मध्ये सबै बहिरंग विभागबाटै उपचार गरेर फर्किने गरेछन्। अस्पतालमा अहिलेसम्म कोही पनि बिरामी भर्ना नभएको अस्पतालका प्रवक्ता डाक्टर अनुपराज वास्तोलाले जानकारी दिए। मौसमी फ्लुका बिरामी बढीरहेको राजधानीका अन्य अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले जानकारी दिएका छन्।

शुक्रराज अस्पताल प्रयोगशालाकी प्रमुख डा.रुग्ना झाकाअनुसार यो वर्ष पनि गत वर्ष जस्तै मौसमी इन्फुलुञ्जा एच–थ्रि (हङकङ फ्लु) र एच–१, एन–१(स्वाइनफ्लु)लगायत देखा परेका छन्। जाडोबाट गर्मी मौसम लाग्ने समयका कारण तीभाइरसको संक्रमण फैलिने गरेको चिकित्सकको भनाइ छ। ‘यो थप दुई÷तीन साता रहन्छ,’ शुक्रराज अस्पतालक प्रवक्ता डा.वास्तोलाले भने। उनकाअनुसा मौसम परिवर्तन हुँदा देखिने यो इन्फुलुन्जाको जोखिममा कमजोर प्रतिरक्षा भएका व्यक्ति, ६० वर्ष नाघेका वृद्ववृद्वा, मिर्गौला, मुटु तथा दमका रोगी, पाँच वर्षभन्दा कम उम्मेरका बालबालिका जोखिममा हुने गर्दछ।

विशेष गरेर धेरै मान्छेको चहलपहल हुने ठाउँ, रूघाखोकी लागेका व्यक्तिको नजिक नजाने, शौचालय, बस तथा फोहोरवस्तु छोएपछि साबुनपानीले राम्रोसँग हात धुने, भीडभाडमा जानुपर्दा मास्कको प्रयोग अनिवार्य प्रयोग गरेमा बच्न सकिने डाक्टर.वास्तोलको सुझाव छ। यस्तो समस्या देखिएका व्यक्तिलाई रुघाखोकीबाट निमोनियाँ भइ गम्भिर समस्या हुनसक्ने भएकाले घरमा उपचार गर्नुको सट्टा तत्काल चिकित्सकको सम्पर्कमा पुगेर उपचार गर्न उनले बताए।

प्रकाशित: १६ फाल्गुन २०७६ ०२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App