coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

साढे १३ किलो चरेशसहित चार महिला पक्राउ

कृष्णनगरको लिंकगेटमा ३ महिलाबाट बरामद गरिएको चरेश ।

कपिलवस्तु- कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानबाट साढे १३ किलो चरेशसहित चार महिला पक्राउ परेका छन्। कृष्णनगरबाट साढे ७ किलो चरेशसहित ३ महिला तथा शिवराज नगरपालिका–५ चैनपुरबाट ६ किलो चरेशसहित एक जना पक्राउ परेका हुन्।

बुधबार राति १ बजेतिर कृष्णनगर नगरपालिका–२ स्थित लिंक गेट हुुुँदै भारत जानेक्रममा साढे सात किलो चरेशसहित ३ महिला पक्राउ परेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए। शंका लागेर चेकजाँच गर्दा ती महिलाहरुबाट चरेश बरामद भएको थियो। पक्राउ पर्नेमा शिवराज नगरपालिका बिजोरीकी योजना न्यौपाने, सुसमा रोकामगर र लमही नगरपालिका–८ शान्तिनगरकी मीनाकुमारी घिर्तीमगर रहेका छन्।

यस्तै पक्राउ परेका ३ जनाको बयानका आधारमा शिबरानगरपालिका–५ की स्थानीय कमला पुन पक्राउ परेकी थिईन्। तौलिहवाबाट खटिएको बिशेष टोेलीले बिहीबार दिउँसो प्लाष्टिकको झोलाभित्र राखिएको अवस्थामा ६ किलो चरशे बरामद गरेको प्रहरी नायब उपरिक्षक सुनिल मल्लले बताए। पक्राउ परेका चारै जना उपर लागुऔषध मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले बताए।
 

प्रकाशित: १५ फाल्गुन २०७६ १३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App