coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अख्तियारद्वारा विद्यालयका प्रअ र अध्यक्ष पक्राउ

दैलेख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई घुससहित पक्राउ गरेको छ।

दैलेखको नौमुले गाउँपालिकाको मुकाम नौमुले बजारमा रहेको भैरव माध्यमिक विद्यालयका प्रअ नगेन्द्रबहादुर सिंह र अध्यक्ष गगनबहादुर बस्नेतलाई बिहीबार दिउँसो ३० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान अयोग सुर्खेतका प्रवक्ता मेघराज सापकोटाले जानकारी दिए।

विद्यालयका शिक्षकबाट चौमासिक तलव र दशैं खर्च रकम उपलब्ध गराउन पटक पटक माग गरेपनि घुस माग्ने गरेपछि विशेष सूचनाको आधारमा अख्तियारको टोलीले छापा मारेको जनाइएको छ। अख्तियारले उनीहरुलाई पक्राउ गरि थप अनुसन्धानका लागि बिहीबार दिउँसो नै सुर्खेत लगेको छ।

प्रकाशित: १५ फाल्गुन २०७६ ११:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App