अब डिजेल र पेट्रोलमा १० रुपैयाँ विकास कर लाग्ने

बिहिबार, १५ फागुन २०७६, १७ : १० नागरिक

काठमाडौं- सरकारले विकास बजेट करको दर बढाएको छ। गत सोमबार बसेको मन्त्रि परिषद बैठकले डिजेल र पेट्रोलमा ५ रुपैयाँ विकास बजेट कर बढाएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीमा रहेका सरकारका प्रवक्ता, अर्थमन्त्री युवराज खतिवडाले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको बताए।

फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १० रुपैयाँ पुर्‍याउने निर्णय गरेको हो। यसैगरी आगामी फागुन २०/२१ गते बंगलादेशमा हुने नेपाल/बंगलादेश वाणिज्य सचिवस्तरिय संयन्त्रको पाँचौ बैठकका लागि उद्योग मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालको नेतृत्वमा ८ सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै नेपाल कानून आयोगको सदस्यमा शोभा बुढाथोकी, उद्धव चन्द्र घिमिरे र नारायण नेपाललाई नियुक्त गरेको छ। राष्ट्रिय न्याय प्रतिष्ठान परिषद्को सदस्यमा रमा श्रेष्ठ, हरिन्द्र राई र भोजमान लाम्गदेलाई नियुक्त गरेको छ। मन्त्री खतिवडाका अनुसार नेपाल भारत सीमा निरीक्षण समितिको म्याद २०७७ साल असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ।

यसैगरी सार्वजनिक, सरकारी र गुठि जग्गा संरक्षण सम्बन्धि जाँचबुँझ आयोगको सदस्यमा महेन्द्रकुमार थापा क्षेत्रीलाई नियुक्त गर्दै जगत देउजाको राजीनामा स्वीकृत गरेको छ। यसैगरी समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालत दिपायलका पूर्व मुख्य न्यायाधीश कुमारप्रसाद पोखरेललाई नियुक्त गरिएको छ। सदस्यहरुमा टीका बुढाथोकी, ममता देवी शर्मा र सरस्वती देवी भट्टराईलाई नियुक्त गरिएको छ। सदस्य सचिव नेपाल सरकारले तोकेको राजपत्रांकित द्वितिय श्रेणीको अधिकृत रहेको व्यवस्था गरिएको छ।

यस्तै, ख्वप कलेज अफ इन्जिनियरिङ लिवाली, भक्तपुरलाई बिई. कम्प्युटर ४८ जनासहितको नयाँ थप कार्यक्रम अध्ययन अध्यापन गराउन अस्थायी स्वीकृति प्रदान गर्ने छन्।

 





यसमा तपाईको मत

अन्य समाचार

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

ह्याकरहरूको एक समूहले आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गरेर चलाउन सफल भएका छन् ...

Ncell Footer Ad