एनसेलले ल्यायो ‘ह्याप्पीआवर अन रिचार्ज’ अफर

बिहिबार, १५ फागुन २०७६, १३ : ३५ नागरिक

काठमाडौं - टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘ह्याप्पीआवर अन रिचार्ज’ अफर ल्याएको छ। यो अफर अन्तर्गत ग्राहकले १०० रुपैयाँ र यस भन्दामाथिको प्रत्येक रिचार्जबापत भ्वाइस सेवामा छुट प्राप्त गर्ने एनसेलले जनाएको छ।

यो अफर यही १५ देखि लागु हुनेछ। भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याइएको यो अफर अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले मात्र ९९ पैसा प्रतिमिनेटमा एनसेल नेटवर्कभित्र कुरा गर्न सक्नेछन्। भ्वाइस सेवामा पाइने छुट बिहान ८ बजेबाट दिउँसो ३ बजेभित्रको समयमा लागु हुने एनसेलले जनाएको छ।

यसरी अफर सुचारु गरी सकेपछि ग्राहकले रिचार्ज रकमकाआधारमा भ्वाइस सेवामा विभिन्न समय सीमा रहेका छुटबाट लाभ लिन सक्नेछन्। ग्राहकहरुले १०० रुपैयाँ रिचार्ज गर्दा ९९ पैसा प्रतिमिनेट छुटको लाभ ७ दिनका लागि पाउनेछन्। यस्तै २ सय, ३ सय र ५०० सय रुपैयाँको रिचार्ज गर्ने ग्राहकहरुले यो छुटको लाभक्रमशः १४ दिन, २१ दिन र ३० दिनका लागि लिन सक्नेछन्।  
 
यसैगरी १ हजारको रुपैयाँको रिचार्ज गर्दा छुटको लाभ ६० दिनका लागि पाउने छन्। यो अफरले ग्राहकलाई आफ्ना प्रियजनसँगथपनजिक रहन मद्दत पुर्याउनुका साथै आफ्ना सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ। यो अफर ९० दिन सम्म संचालनमा रहनेछ।





यसमा तपाईको मत

अन्य समाचार

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

ह्याकरहरूको एक समूहले आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गरेर चलाउन सफल भएका छन् ...

Ncell Footer Ad