अभिनय गर्दा गर्दै रंगकर्मी फुँयालको निधन

मङ्गलबार, १९ पुष २०७३, १९ : ३० नागरिक

काठमाडौं- पुराना रंगकर्मी विष्णुभक्त फुयाँलको नाटकमा अभिनय गर्दा गर्दै निधन भएको छ। जमल स्थित नाचघरमा मञ्चन भइरहेको बद्री अधिकारी निर्देशित नाटक 'महर्षी याज्ञबल्क्य' मा डायलग बोल्दा बोल्दै ७९ बर्षीय फुयाल बेहोस भएका थिए। बेहोस भएका उनलाई वीर अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए।

वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतका अनुसार अस्पताल ल्याइपुर्‍याउँदा नै उनको होस थिएन। स्ट्रोकका कारण निधन भएको हुन सक्ने उनले बताए।

फुयाँलको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीको लागि वुधबार ११ बजे देखि २ बजे सम्म प्रज्ञा प्रतिष्ठानमा राखिने कलाकार मणीराम पोखरेलले बताए। संञ्जीव उप्रेतिको उपन्यास घनचक्कर माथि बनेको नाटकमा पोखरेल र फुयालले सँगै काम गरेका थिए। उक्त समयमा फुयाँलले 'नाटक गर्दा गर्दै अन्तिम स्वास लिन पाए हुन्थ्यो' भन्ने गरेको पोखरेलले सम्झिए।

कलाकारको रुपमा अन्त्यान्तै मेहनति र सबैको प्रेरणाको स्रोत भएको अर्का रंगकर्मी भोला सापकोटाले बताए। 'नाटकमा सँगै पनि काम गर्‍यौं, उहाँ अत्यान्तै सहयोगि र मेहनति हुनुहुन्थ्यौ', सापकोटाले भने, 'नेपाली रंग क्षेत्रले अभिभावक गुमाएको छ।'

टेलिसिरियल तितो सत्यमा उनले भन्ने गरेको 'ओ माइ लभ' चर्चित थियो।

बौद्ध महांकाल घर भएका उनका तीन सन्तान छन्। उनले विभिन्न नाटक, चलचित्र र टेलि सिरियलमा अभिनय गरेका छन्। पाँच दशक देखि रंग कर्ममा सक्रिय उनी नाटक पनि लेख्ने गर्थे।

 

 

 

 

 







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोन वा साधारण मोबाइल फोनको ब्याट्रीलाई रातभर वा १०० प्रतिशतभन्दा बढी चार्ज गर्न हुन्छ कि हुँदैन ? ...

कृष्णनगरमा नेपाल बैंक

कृष्णनगरमा नेपाल बैंक

नेपाल बैंक लिमिटेडले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । ...

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

आइएमई ग्रुपअन्तर्गत सञ्चालित तथा आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सेवासम्बन्धी सम्झौता भएको छ । ...

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति विकास बैंकले रेमिट सेवाका लागि रेमिट टू नेपालसँग सम्झौता गरेको छ । ...

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरी कर्मिर्सयल बैंकको नायव कार्यकारी प्रमुखमा मनोज न्यौपाने नियुक्त भएका छन् । ...

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

भट्टामा काँचो इँटा पोल्न कोइला हाल्ने नयाँं प्रविधि नेपाल भित्रिने भएको छ। ...

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

सामसङले आर सिरिज अन्तर्गत नयाँ स्मार्ट टिभिहरु बजारमा प्रस्तुत गरेको छ। ...

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

यस लेखमा एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिकाको बारेमा चर्चा गरिएको छ ...

Ncell Footer Ad