७ वैशाख २०८१ शुक्रबार
कला

बजारमा योगप्रसाद उपाध्यायको आत्मकथा

ललितपुर - पूर्व राजनीतिज्ञ, मन्त्री तथा कूटनीतिज्ञ योगप्रसाद उपाध्यायको आत्मकथा सार्वजनिक भएको छ। बुधबार ललितपुरको यलमाया केन्द्रमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति रामवरण यादवले लेखक उपाध्यायको ‘माइ लाइफ एन्ड टाइम’ पुस्तकको विमोचन गरेका थिए।

‘योगप्रसाद उपाध्याय नेपाली कांग्रेस पार्टीले श्रद्धाले लिने नाम हो। पूर्व राजनीतिज्ञ, मन्त्री तथा कूटनीतिज्ञ समेत रहेका उनको जीवनको उतारचढाव पुस्तक समावेश भएको हुँदा नयाँ पुस्ताका लागि महत्वपूर्ण छ,’ पुस्तकको विमोचन गरेलगत्तै पूर्व राष्ट्रपति यादवले भने।

पुस्तकमा उपाध्यायको बाल्यकालदेखि राजनीतिक उतारचढावमा गरेको संघर्ष लगायतलाई ११ वटा विषयमार्फत प्रस्तुत गरिएको छ। सन् १९४६ मा अखिल भारतीय नेपाली राष्ट्रिय कंग्रेस (हालको नेपाली कांग्रेस)बाट राजनीति सुरु गरेका उपाध्यायले नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्यदेखि विभिन्न मन्त्रालय र अमेरिकाका राजदूत लगायत महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।

‘पुस्तकमा विसं. २००७ सालपछिको राजनैतिक परिवर्तनको अवस्थाको चित्रण गरिएको छ। नेपाली राजनितिज्ञको अनुभवलाई उनले आत्मसाथ गरेर पुस्तकमा समेटेका छन्,’ पत्रकार प्रतीक प्रधानले भने।

राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष जगदिश पोखरेलले पुस्तकले नेपाली राजनीतिको विभिन्न पाटो समेटेको उल्लेख गरे। ‘नेपाली राजनीतिको पृष्ठभूमिमाथि लेखिएको पुस्तकले

राजनैतिक परिवर्तनका कारकलाई प्राथमिकता दिएको छ,’ उनले भने। सांग्रिला बुक्सले बजारमा ल्याएको पुस्तकको मूल्य ५४५ रुपैयाँ राखिएको छ।

प्रकाशित: १५ फाल्गुन २०७६ ०२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App