‘लागुऔषध खुवाएर बलात्कार गरे’

बिहिबार, १५ फागुन २०७६, ०८ : ०९ नागरिक

लन्डन – ग्रामी अवार्ड विजेता गायिका डफी (एमी एनी डफी) ले आफूमाथि आक्रमणकारीले लागुऔषध खुवाएर बलात्कार गरेको खुलासा गरेकी छन्। ३५ वर्षकी बेलायती गायिका डफीले सामाजिक सञ्जाल इन्स्टाग्राम लेखेकी छन्, ‘सामान्य अवस्थामा फर्किन समय लाग्यो। कृपया मलाई विश्वास गर्नुहोस्। म अहिले ठीक र सुरक्षित छु।’

सन् २००७ बाट ‘रकफेरी’ एल्बमबाट सांगीतिक यात्रा सुरु गरेकी उनले सोहीबाट ग्रामी अवार्ड जितेकी थिइन्। ‘मलाई बन्धक बनाएर लागुऔषध खुवाई बलात्कार गरियो। यो लेख्नुअघि मैले कयौं पटक सोच्नो थियो। मलाई यो कुरा बोल्न किन यत्रो समय लाग्यो भन्ने थाहा छैन। यसबारे बोल्दा सहज महसुस गरिरहेकी छु, ’उनले लेखेकी छन्, ‘मलाई के भयो र कहाँ हराएँ भनेर सबैलाई लागि रहेको होला। एक पत्रकारले मलाई सम्पर्क गरे। मैले उनलाई गत गर्मी मौसममा सबैकुरा भनेको थिए। उनी असल थिए र अन्ततः बोल्दा सहज महसुस भएको थियो।’

‘सत्य कुरो हो, कृपया मलाई विश्वास गर्नुहोस्। म अब ठीक र सुरक्षित छु। मलाई लागुऔषध खुवाएर केही दिन बन्धक बनाएर बलात्कार गरिएको थियो। तर म बाँच्न सफल भएँ। सामान्य अवस्थामा फर्कन समय लाग्यो। यो भन्न सहज नभएपनि म भन्न सक्छु। पछिल्लो दशकमा, हजारौं दिनहरूमा मैले घामको उज्यालो महसुस गर्न कोशिस गरें। तर, असफल रहें। अहिलेचाँहि घाम लागेको छ,’ उनले लेखेकी छन्।





यसमा तपाईको मत

अन्य समाचार

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

ह्याकरहरूको एक समूहले आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गरेर चलाउन सफल भएका छन् ...

Ncell Footer Ad