८ वैशाख २०८१ शनिबार
कला

चीनमा पुस्तक विक्रेतालाई १० वर्षको जेल सजाय

हङकङ – चीनको एक अदालतले हङकङका पुस्तक बिक्रेता गुई मिन्हाईलाई १० वर्ष जेल सजाय सुनाएको छ। ‘विदेशीलाई गैरकानुनी रूपमा गोप्य सूचना प्रवाह गरेको अभियोगमा’ उनलाई १० वर्षको जेल सजाय तोकिएको छ। स्वीडेनका नागरिक गुई मिन्हाईले चिनियाँ कम्युनिस्ट पार्टीको नेताका व्यक्तिगत जीवनसम्बन्धी पुस्तक प्रकाशित गरेका थिए। सन् २०१५ मा थाइल्याण्डमा बिदा मनाउने क्रममा उनी हराएयता कैयौं पटक चिनियाँ नियन्त्रणमा पर्ने र मुक्त हुने क्रम चलेको थियो।

उनलाई सन् २०१८ मा बेइजिङ जाने क्रममा नियन्त्रणमा लिइएको थियो। हङकङमा अन्य चार साथीसहित पुस्तक पसल सञ्चालन गरिरहेका थिए। अदालतले जारी गरेको विज्ञप्तिमा उनलाई पाँच वर्षसम्मका लागि राजनीतिक अधिकारबाट वञ्चित गरिएको उल्लेख गरेको छ। विज्ञप्तिमा उनले अदालतको निर्णयविरुद्ध पुनरावेदन नगर्ने पनि जनाइएको छ। अदालतका अनुसार सन् २०१८ मा उनको चिनियाँ नागरिकता पुर्नस्थापित गरिएको थियो। चीनले दोहोरो नागरिकतालाई मान्यता दिँदैन।

सन् २०१५ मा थाइल्याण्डबाट हराएपछि गैरकानुनी प्रक्रियामार्फत चिनियाँ एजेन्टहरूले अन्तर्राष्ट्रिय सीमाबाट उनको अपहरण गरेको आरोप लगाइएको थियो। चिनियाँ अधिकारीहरूले गुईसहित अन्य चार जना साथीहरू चीनमा आफैं गएको बताएका थिए।

उनले यसअघि एक दुर्घटनामा संलग्न भएको स्वीकार गरेका थिए। त्यसपछि उनले दुई वर्ष जेल परेका थिए। जेलबाट छुटेलगत्तै दुई जना स्वीडिस कुटनीतिज्ञहरूसँग बेइजिङ जाँदै गर्दा उनी पुर्न पक्राउ परेका थिए। सो घटनालगत्तै चीनले उनीसँग लिइएको भिडियो अन्तर्वार्ता सार्वजनिक गरेको थियो।

प्रकाशित: १५ फाल्गुन २०७६ ०२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App