coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

संक्रान्तिका आगलागी पीडितलाई एक करोड सहयोग प्रधानमन्त्रीको प्रतिवद्वता

भगिश्वर लिम्बु

तेह्रथुम- तेह्रथुम जिल्लाको संक्रान्ति बजारका आगलागी पीडितहरुको पूनर्बासका लागि  प्रधानमन्त्री पुष्पकमल दाहालले एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन्।

मंगलबार आगलागी भएको स्थानको निरीक्षणपछि प्रधानमन्त्री दाहालले  ऐतिहासिक संक्रान्ति बजारका आगलागी पीडितहरुको पुनर्बासका लागि एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्।

गत पुस १ गते संक्रान्ति बजारमा आगलागी हुदा २९ घर पूर्ण रुपमा र तीन घर आंशिक रुपमा जलेको थियो भने ७३ परिवार प्रभावित भएका छन्। पूर्वकै ऐतिहाकि आठराईको संक्रान्ति बजारको आफ्नै महत्व  भएकोले सो ठाउको पुननिर्माणका लागी  सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्रीले बताए।

सक्रान्ति बजार पुन निर्माणका लागी  नेपाल बैक लिमिटेड तेह्रथुममा रहेको संक्रान्ति बजार पुन निर्माण तथा पुनस्थापना कोषमा जम्मा गर्ने घोषणा गरेका हुन्। सहयोग रकम दैबि प्रकोप उद्धार समितीको बैठकले निर्णय गरेर बितरण गरिने समेत जनाइएको छ।

निरीक्षणपछि प्रधानमन्त्री सहित जिल्लाका सांसद र जिल्ला दैवीप्रकोप उद्दार समितिका सदस्यहरुको बैठकले क्षतिग्रस्त ३२ घर  परिवारका लागि एक करोड रुपैयाँ नेपाल बैक लिमिटेड तेह्रथुममा रहेको संक्रान्ति बजार पुन निर्माण तथा पुन स्थापना कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री दाहाल नेतृत्वको भ्रमण दलमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला, प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मा लगायतको उपस्थिति थियो। आगलागी बाट १४ करोड ८ लाख क्षति भएको क्षति मूल्याङ्कन गरिएको प्रमूख जिल्ला अधिकारी मेनुका न्यौपानेले जानकारी  प्रधानमन्त्रिको टोलीलाई जानकारी गराइ। अहिले सम्म पीडितहरुलाई सरकारले प्रतिघर १० हजार राहत र अस्थायी टहरा बनाएको छ भने विभिन्न संघ संस्थाले खाद्यान्न लगायतका राहत सामग्री उपलब्ध गराई रहेका छन्।

 

 

 

 

प्रकाशित: १९ पुस २०७३ ११:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App