coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फेसबुक पेजबाट ठगी गरेको आरोपमा पक्राउ

काठमाडौं- सामाजिक संजाल फेसबुकमा Mobile selling and buying in Nepal पेज खोली ठगी गरेको आरोपमा चितवन भरतपुर उपमहनगरपालिका–१३ का २२ वर्षीय दिपेश सापकोटालाई  केन्द्रिय अनुसन्धान व्युरोले पक्राउ गरेको छ।

सो पेजमा विभिन्न ब्राण्डका मोबाईल, ल्यापटप तथा क्यामेराहरु अनलाईन मार्फत बिक्रीमा राखी  कोही कसैले खरीद गर्न चाहेमा आफुलाई सम्पर्क गर्न अनुरोध गरिएको थियो।  उनले सामानहरु खरीद गर्नको लागि ईच्छुक व्यक्तिहरुले सम्पर्क  गरे पश्चात आफ्नो बैंक खातामा सामानहरुको मुल्य बराबरको रकम जम्मा गर्न लगाउने गरेका थिए। रकम जम्मा भएको २४ घण्टा भित्र सामान दिने भन्ने झुठो आश्वा्सन दिई आफ्नो खातामा पैसा आएपछि सामान उपलब्ध नगराई ठगी गर्ने गर्ने गरेका प्रहरीले जनाएको छ। यस सम्वन्धमा प्रहरीले आवश्क अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: १९ पुस २०७३ १०:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App