४ वैशाख २०८१ मंगलबार
समाज

घुससहित वडा अध्यक्ष र कार्यालय सहयोगी पक्राउ

भैरहवा- रुपन्देहीमा घुससहित दुई जना पक्राउ परेका छन्। सम्मरीमाई गाउँपालिका वडा नं. ५का वडा अध्यक्ष र बुटवल उच्च सरकारी वकिल कार्यालयका कार्यालय सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले घुससहित पक्राउ गरेको हो।

वडा अध्यक्ष श्रवणकुमार यादवलाई विशेष सूचनाको आधारमा वडा कार्यालय नजिकै स्थानीयको चारकिल्ला सिफारिसका लागि नगद सत्तरी हजार रुपैयाँ लिदै गर्दा रंगेहात दिउँसो १२:३० बजे पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुषालले बताए।  

त्यस्तै, आयोगको कार्यालयबाट खटिएको टोलीले बुटवलस्थित सरकारी वकिल कार्यालयका कार्यालय सहयोगी महेन्द्र यादवले बन्दी प्रत्यक्षीकरणमा सहयोग र सहजीकरण गरिदिने भन्दै घुस लिदै गर्दा रंगेहात पन्ध्र हजार रुपैयाँसहित पक्राउ गरिएको आयोगका प्रवक्ता भुषालले बताए। यादवलाई उच्च अदालत बुटवलअगाडी खाजा पसलबाट दिउँसो १ बजे नियन्त्रणमा लिइएको हो।

घुस लिएको सूचना आयोगमा आएपछि कार्यालयबाट खटिएको टोलीले द्वयलाई पक्राउ गरी थप अनुसन्धानका लागि नियन्त्रणमा राखेको कार्यालयले जनाएको छ।

आयोगका प्रवक्ताका अनुसार रकमसहित रंगेहात पक्राउ गरिएको दाबी गरेपनि स्थानिय तथा प्रत्यक्षदर्शीले रंगेहात पक्राउ नगरि वडा अध्यक्षलाई फसाइएको बताएका छन्। घटनाबारे अनुसन्धान भइरहेको छ। 

प्रकाशित: १४ फाल्गुन २०७६ ११:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App