डलर देखाई झुक्याएर ठगी गर्ने पक्राउ

मङ्गलबार, १९ पुष २०७३, १६ : २४ नागरिक

काठमाडौं- डलर देखाइ झुक्याएर ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोक कर्थली–६ बस्ने ३३ वर्षीय लक्ष्य भन्ने नारायण बहादुर भण्डारी लाई आइतवार प्रहरीले पक्राउ गरेको हो।

नारायण बहादुर र सोही स्थान वस्ने २३ बर्षीय सरोज भण्डारीले लमजुङ्ग बेशीसहर घर भई काठमाडौं बसुन्धरा बस्ने २८ वर्षीया मिनमाया तामाङ्गलाई पटक पटक फोन गरी आफुसंग अमेरिकन डलर १९ हजार छ, सो रकम नेपाली १० लाख पाएमा दिन्छु भनि प्रलोभनमा पारेको प्रहरीले जनाएको छ। उनीहरुले पुस १७ गते ललितपुर उपमहानगरपालिका–१७ ग्वार्को खरिवोट बोलाई अमेरिकन डलर ५० को ३ वटा नोट छेउ छेउमा र अमेरिकन डलर १ को २८८ वटा नोटहरु बिच बिचमा राखी जम्मा ४३८ डलरको बिटा बनाई रुमालमा पोको पारी १९ हजार डलर छ भनि झुक्याई मिनमाया तामाङ्गवाट १० लाख रुपैयाँ लिएका थिए।  तामाङबाट लिएको रकम दुवै जनाले ५/५ लाख वाँडी निजहरु मध्येका सरोज भण्डारी उक्त रकम लिई तत्कालै सो स्थानबाट भागेका थिए। तर लक्ष्य भन्ने नारायण बहादुर भण्डारीलाई सोही स्थानबाट ठगिएकी महिलाले दिएको ५ लाख रुपैयाँ र महिलालाई  डलर दिंदै गर्दाको अवस्थामा अमेरिकन डलर ४३८ सहित प्रहरीले पक्राउ गरेको थियो।

                साथै लक्ष्य भन्ने नारायण बहादुर भण्डारी समेतलाई यस भन्दा पहिले पनि अवैध रुपमा अमेरिकन डलर कारोवार गर्ने गरेको आरोपमा संलग्न रहेको कसुरमा अमेरिकन डलर ३ सय ४० सहित २०७२ भदौ २५ गते पक्राउमा परी केही सार्वजानिकम मुद्दा समेतमा अनुसन्धान भई अमेरिकन डलर सहित विदेशी विनिमय गर्ने ऐन २०१९ बमोजिम कारवाहीको लागी राजश्व अनुसन्धान विभाग हरीहरभवन ललितपुर पठाईएको प्रहरीले जनाएको छ। 

 

 

 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad