coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दिक्तेल महोत्सवमा साढे एक करोडबराबरको कारोबार

दिक्तेल महोत्सवमा नृत्य गर्दै स्थानीय कलाकार। तस्बिर: दमन राई/नागरिक

खोटाङ – खोटाङको दिक्तेलमा आयोजित प्रथम दिक्तेल महोत्सवमा साँढे एक करोडभन्दा बढीको कारोबार भएको छ। ‘प्रथम खोटाङ दिक्तेल महोत्सव, हामी सबैको उत्सव, आर्थिक समृद्धिको आधार, व्यवसाय प्रवद्र्धनको पूर्वाधार’ भन्ने नारासहित उद्योग वाणिज्य संघको आयोजनामा फागुन २ गतेदेखि सुरु महोत्सव एक करोड ५३ लाख बराबरको आर्थिक कारोबार गर्दै सोमबार सम्पन्न भएको छ।

१० दिने महोत्सवमा विभिन्न एक सय २० स्टलबाट एक करोडको कारोबार भएको, बाल उद्यान, रोटेपिङ, रेल, कारलगायत मनोरञ्जनका साधनबाट २० लाख, होटल व्यवसायबाट १५ लाख, टिकट बिक्रीबाट १५ लाख ३० हजार र यातायात सेवाबाट तीन लाख बराबरको कारोबार भएको आयोजक वाणिज्य संघले जनाएको छ। एक लाखभन्दा बढी सर्वसाधारणले अवलोकन गर्ने भनिएको महोत्सवमा करिब ५६ हजारले मात्र अवलोकन गरेको वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेन्द्र लयालुले जानकारी दिए।

महोत्सवमा करिब एक अर्वको कारोबार हुने प्रक्षेपण गरिएको थियो। आईतबारसम्ममा ३६ हजारले टिकट काटेर महोत्सवस्थल अवलोकन गरेको तथा अतिथि, विद्यार्थी, ज्येष्ठ नागरिकगरी २० हजार जना पनि महोत्सवस्थल प्रवेश गरेको बाणिज्य संघले जनाएको छ।

यस्तै, महोत्सवका कारण वार्षिक २४ करोड २० लाखको कारोबार हुने वाताबरण बनेको बाणिज्य संघले दाबी गरेको छ। गैंडा सिमेन्टबाट वार्षिक १२ करोड, कृषि उपकरणबाट वार्षिक ३ करोड, फोर्स गाडीबाट ३ करोड, बोलेरो गाडीबाट ३ करोड, मगमग चाउचाउबाट वार्षिक २ करोड, बर्जर पेन्टस्÷बिटिएल टुल्सबाट १ करोड र बिजी चियाबाट २० लाखको दिर्घकालिन र अल्पकालिन कारोबार हुने प्रक्षेपण गरिएको संघका निवर्तमान अध्यक्ष लयालुले बताए। ‘लक्ष्य अनुशार उपस्थिति भएन, लक्ष्य राखे अनुशार आर्थिक कारोबार पनि भएन,’ समापन कार्यक्रममा महोत्सवको उपलव्धीका बारेमा जानकारी दिँदै लयालुले भने, ‘तर, अल्पकालिन र दिर्घकालिन लक्ष्य अनुशार करोडौंको कारोबार गर्ने वातावरण बनेको छ।’

खोटाङको आर्थिक तथा सामाजिक उत्थानका लागि पर्यटन, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, वन पैदावार, जडिबुटी बजारीकरण तथा पर्यटन प्रवद्र्धनमा टेवा पुयाउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रवद्र्धनमा महोत्सव आयोजना गरिएको हो। महोत्सवको माध्यमबाट आन्तरिक बजार सवलीकरण गर्ने र निकासीयोग्य स्थानीय उत्पादनको बजारीकरण गर्न प्रचार–प्रसार गर्दै दिगो आर्थिक संमृद्धि हासिल गर्नमा टेवा पु¥याउने लक्ष्य राखिएको बाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले बताए। स्थानीय तहको कार्यान्वयनसँगै साविकको दिक्तेलबजारको घट्दो व्यापार–व्यवसायलाई पुःन जागृत गराउनका लागि महोत्सवको बिकल्प सोचिएको बाणिज्य संघले जनाएको छ।

त्रि–धार्मिकस्थल हलेसी, तुवाचुङ, रुपाकोट, मझुवागढी लगायतका धार्मिक, साँस्कृतिक र रमणीय पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गरी व्यवसाय प्रवद्र्धन गर्न, जिल्लामा भएका पर्यटन, सिमेन्ट, जलविद्युत, जडिबुटी, वन पैदावार लगायतका बारेमा जानकारी गराएर लगानीको अवशर सिर्जना गर्न, निकासीयोग्य बस्तुको पहिचान र प्रवद्र्धनमा महोत्सवबाट सहयोग पुगेको बाणिज्य संघले दाबी गरेको छ। यस्तै, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका आधुनिक प्रविधि, वस्तु एबं सेवाहरुको बृहत प्रदर्शनी गरी व्यापक प्रचार–प्रसार, वस्तु उत्पादनका प्रविधिको क्षेत्रमा भएका नयाँ–नयाँ उपलव्धीलाई जनमानसमा प्रस्तुत, जिल्ला तथा जिल्ला बाहिरका व्यवसायीबिचमा व्यापार सम्वन्ध बढाउनमा महोत्सवले टेवा पु¥याएको उद्योग बाणिज्य संघका महासचिव मनोज बजिमयले बताए। १ नम्बर प्रदेशका मूख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको महोत्सव दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालको प्रमुख आतिथ्यतामा समापन गरिएको हो।

भित्रियो कम, बाहिरियो बढि
दिक्तेल महोत्सवबाट स्थानीय उत्पादन र व्यवसायीको व्यापार व्यवसाय प्रवद्र्धनमा टेवा पुग्ने प्रचार गरिएको थियो। तर, महोत्सवमा राखिएका १२० स्टल र सहभागी व्यवसायी हेर्दा जिल्ला बाहिरका व्यवसायी हावी देखिएको स्थानीयको गुनासो छ। महोत्सवमा अधिकांश व्यवसायी बाहिरका ल्याइएकाले रकम भित्र्याउनुको सट्टा बाहिरिएको छ। पर्यटन, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, वन पैदावार, जडिबुटी बजारीकरण तथा पर्यटन प्रवद्र्धनमा टेवा पुयाउने लक्ष्यका साथ आयोजना गरिएको महोत्सवमा स्थानीय व्यवसायी र उद्यमीको सहभागीता न्यून रहेको गुनासो छ। महोत्सवमा आधुनिक कृषि औजार, कृषि प्रदर्शनी, चार पांग्रे गाडी, सूचना प्रविधि, वित्तिय संस्था, बेकरी, कपडा, खेलौना, पर्यटन, होटल, हस्तकला, कार्पेटिङ डेकोरेसन लगायतको स्टल राखिएको थियो। प्रचार गरिएजस्तो सूचना प्रविधि प्रदर्शनी, कृषिजन्य वस्तुको प्रतियोगितात्मक प्रदर्शनी, हस्तकला प्रदर्शनी, जातीय खानाका मौलिक परिकारको बिक्री तथा प्रदर्शनी राखिएनन्। महोत्सवबाट बाह्य व्यवसायीले मात्र फाईदा लिएको होटल भिलेजका सञ्चालक निसान राईले बताए। महोत्सवको अवधिमा चर्चित गायक राजेश पायल राई, बद्री पंगेनी, ज्योती मगर लगायतका कलाकारले सांगीतिक प्रस्तुती गरेका थिए।

यस्तै, महोत्सव उद्घाटनकाक्रममा अतिथिको आसन–ग्रहणमै बरियाता नमिलाउँदा आयोजकको आलोचना भयो। महोत्सव उद्घाटनकाक्रममा जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, नेकपाका सचिव राम दंगाल, कांग्रेस सभापति नरेश श्रेष्ठ र समाजवादीका अध्यक्ष टंक थापा उठेर हिँडेका थिए। यद्यपी, मूख्यमन्त्री राईले बोल्नेबेला जिसस प्रमुख चाम्लिङ र नेकपाका सचिव दंगाल मञ्चमा फर्किएका थिए। समापन कार्यक्रममा कांग्रेस र समाजवादीका नेता उपस्थित देखिएनन्। महोत्सव समापन कार्यक्रममा प्रतिनिधिसभा सदस्य, प्रदेश सांसद, जिल्ला समन्वय समितिका प्रमुख अनुपस्थित भएका छन्।

प्रकाशित: १४ फाल्गुन २०७६ ०४:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App