७ वैशाख २०८१ शुक्रबार
अर्थ

प्रधानमन्त्री ओलीद्वारा केशर महल अवलोकन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षति भई प्रवलीकरण कार्य जारी रहेको केशर महलको अवलोकन गरेका छन्। सो अवसरमा प्रधानमन्त्री ओलीले केशर महलको ऐतिहासिक र सांस्कृतिक महत्वलाई संरक्षण गर्न निर्देशन दिएका छन्। सो अवसरमा प्रधानमन्त्री ओलीले केशर पुस्तकालय र स्वप्न बगैंचाको पनि अवलोकन गरेका थिए।

पुस्तकालय अवलोकनपछि उनले आगन्तुक पुस्तिकामा ‘केशर पुस्तकालयको संरक्षण र सदुपयोग गरौं’ भनेर लेखेका थिए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले केशर महललाई पहिलेकै स्वरुप कायम गर्ने गरी प्रवलीकरण गर्ने र राष्ट्रिय स्तरको कला केन्द्रका रुपमा विकास गर्ने योजना रहेको जानकारी दिए। ५९ करोड ५० लाख रुपैयाँको ठेक्का सम्झौता रहेको केशरमहलको प्रवलीकरण २०७८ मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य छ।

प्रकाशित: १४ फाल्गुन २०७६ ०४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App