coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

प्रवेशको दुई गोल

काठमाडौं – प्रवेश बस्नेतको दुई गोल प्रेरणाबाट सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा जित निकालेको छ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको मैदानमा मंगलबार भएको पहिलो खेलमा सातदोबाटोले नयाँ बस्ती युवा क्लबमाथि २–० को जित निकालेको हो। नयाँ बस्तीले पहिलो हाफमा सातदोबाटोलाई गोलरहित बराबरीमा रोकेको थियो। दोस्रो हाफमा भने सातदोबाटोले दुई गोल गर्दै नयाँ बस्तीविरुद्ध स्पष्ट तीन अंक निकाल्यो। सातदोबाटोका प्रवेशले ५९औं र ८२औं मिनेटमा गोल गरेका थिए।

अर्को खेलमा अनिश चौधरीको गोल प्रेरणबाट झम्सिखेल युथ क्लबले रानीपोखरी कर्नर टिम (आरसिटी)सँग हारको संकट टार्दै १–१ को बराबरी नतिजा निकाल्यो। ६ पटक सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन आरसिटी अन्तिम समय समालिन नसक्दा अंक बाँड्न बाध्य भयो। खेलको २८औं मिनेटमा कप्तान अमर डंगोलले गोल गर्दै आरसिटीलाई अग्रता दिलाएका थिए। त्यो अग्रता खेल सकिन लाग्दा रहँदा आरसिटी जितनजिक पुगेको थियो। यद्यपि, इन्जुरी समयमा अनिशले गोल गर्दै झम्सिखेललाई अंक दिलाए।

प्रकाशित: १४ फाल्गुन २०७६ ०३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App