८ वैशाख २०८१ शनिबार
खेल

कञ्चनजंघालाई रोक्दै आयोजक सेमिफाइनलमा

धनगढी – स्ट्राइकर विक्रमसिंह ठकुरीको दुई गोलप्रेरित आयोजक सुदूरपश्चिम ११ धनगढीमा जारी चौथो नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

मंगलबार धनगढी रंगशालामा भएको प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा सुदूरपश्चिम ११ ले पाहुना टोली भारतको कञ्चनजंघा एफसीको चुनौती ४—२ ले समाप्त पार्दै अन्तिम ४ को यात्रा पक्का गरेको हो।

खेलको १०औै मिनेटमा विक्रमले घरेलु टोलीलाई खेलमा अघि बढाएका थिए। विक्रमले उद्धव खत्रीको पासलाई जाली चुमाएका थिए। त्यसको ९ मिनेटपछि नै सुदूरपश्चिम ११ ले अग्रता दोब्बर पा-यो। कञ्चनजंघाका गोलकिपर निगम सिंहको गम्भीर गल्तीको फाइदा उठाउँदै फिलिप तामाङले सुदूरपश्चिम ११ को अग्रता दोब्बर पारेका थिए। बल नियन्त्रणमा लिन निकै अघि बढे गोलकिपर निगम असफल हुँदा पाएको बललाई फिलिपले खाली पोस्टमा गोल गरेका थिए। कञ्चनजंघा २३औं मिनेटमा ३—० ले पछि प-यो। विक्रमले कञ्चनजंघाका रक्षकको तालमेल अभावको फाइदा उठाउँदै बललाई पोस्टको दिशा दिएका थिए।

तर खेलको सुरुआतमै तालमेल अभावमा पछि परेको कञ्चनजंघाले त्यसपछि लगातार २ गोल फर्काउँदै खेलमा फर्कने संकेत गरेको थियो। ३०औं मिनेटमा पेनाल्टीमा अभिषेक दोर्जीले गोल गरे भने त्यसको ९ मिनेटपछि वैकल्पिक खेलाडी छिरिङ तामाङले गोल गरेका थिए। सुदूरपश्चिम ११ का रक्षक धनबहादुर थापाले अमिर लामालाई लडाउँदा कञ्चनजंघाले पेनाल्टीको अवसर पाएको थियो। दोस्रो गोल भने कञ्चनजंघाले सुदूरपश्चिम ११ का रक्षकहरूको तालमेल अभावको फाइदा उठाउँदै गरेको थियो। पहिलो हाफमा २ गोल फर्काएपछि जोसिएको कञ्चनजंघाले दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै गोल खान पुग्दा अन्ततः ४—२ ले निराश हँुदै प्रतियोगिताबाट बाहिरिएको हो। दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै दीपेश श्रेष्ठले विपक्षी गोलकिपर निगमसँग वान भर्सेस वानमा गोल गरेका थिए।

सुदूरपश्चिम ११ का प्रशिक्षक रोहितकुमार भण्डारीले खेलको सुरुमै लिएको अगग्रतामा जित सहज बनेको प्रतिक्रिया दिए।

‘टोलीमा तालमेल अभाव छ,’ उनले भने, ‘हामीले सेमिफाइनलसम्म ४ दिनको समय छ। त्यसैले आज भएको कमीकमजोरी सुधार्दै राम्रो प्रदर्शन गर्नेछांै। हामीले सेमिफाइनलमा विभागीय टोली एपिएफ र नेपाल पुलिसबीचको विजेतासँग खेल्नु छ त्यसैले राम्रो प्रदर्शन गर्न आवश्यक छ। तर दुवै गोलकिपर घाइते छन्। आशा छ, यो ४ दिनमा उनीहरु फिट हुदै मैदान फर्किनेछन्।’

यता कञ्चनजंघाका प्रशिक्षक दिंकर क्षत्रीले भने पहिलो हाफमा घरेलु टोलीलाई २ गोल उपहार दिनु महँगो साबित भएको बताए।

‘सुदूरपश्चिमले राम्रो मुभ बनाउँदै दोस्रो र तेस्रो गोल गरेको होइन, गोलकिपरको गल्तीमा हामीले उपहार दिएका हाैं,’ क्षत्रीले भने, ‘२ गोल फर्काउँदै खेलमा फर्कने संकेत गरेका थियौं। तर दोस्रो हाफ सुरु हुना साथ गोल खायौं, त्यसपछि खेलमा फर्कन कठिन बन्यो। हामीले उनीहरूभन्दा धेरै गोलको अवसर पाए पनि त्यसलाई फिनिस गर्न सकेनांै। यता सुदूरपश्चिमले भने पाएका थोरै अवसरलाई फिनिस ग-यो।’

त्यस्तै दोस्रो क्वार्टरफाइनलमा बुधबार थ्री स्टार क्लब र नवजागृति क्लब आमनेसामने हुनेछन्। नेपाल र भारत गरी कुल १२ क्लबको सहभागिता रहेको प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: १४ फाल्गुन २०७६ ०३:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App