coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सोलो बास्केटबललाई सफलता

काठमाडौं – गोल्डेनगेटले प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ। गोल्डेनगेटले जेभियर इन्टरनेसनललाई ७०–५५ ले पराजित ग-यो। गोल्डेनगेटको जितमा अभिषेक सिंहले २२ अंक योगदान गरे। गोल्डेनगेटकै प्रज्ज्वल महर्जन फ्रेस बाइट्स ‘म्यान अफ दी म्याच’ घोषित भए। सुरुका तीन क्वार्टरमा अग्रता लिएको गोल्डेनगेटले पहिलोमा १८–१५, दोस्रोमा १६–१३ र तेस्रोमा २७–१७ स्कोर ग-यो। चौथो क्वार्टर १०–९ ले जेभियरको पक्षमा रह्यो।

ललितपुरको सानागाउँस्थित आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलको आफ्नै हलमा भइरहेको प्रतियोगिताको अर्को खेलमा सोलो बास्केटबल नेपालले सफलता पायो। फ्रेस बाइट्स ‘म्यान अफ दी म्याच’ प्रसाङ मास्केको २४ अंक सहयोगमा सोलोले बूढानीलकण्ठ बास्केटबल क्याम्पलाई ६५–५७ ले हरायो। पहिलो दुई क्वाटरमा सोलो ७–१२ र २०–२१ ले पछि प¥यो। सोलोले तेस्रोमा १४–७ र चौथोमा २४–१७ को अग्रता बनाउदै जित सुनिश्चित ग¥यो। प्रतियोगिताअन्तर्गत बुधबार ४ खेल हुनेछन्।

प्रकाशित: १४ फाल्गुन २०७६ ०३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App