coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

'अमेरिकासँग साझेदारी'

नयाँ दिल्ली (एएफपी) – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग साझेदारीका सबै महत्वपूर्ण पक्षबारे छलफल भएको बताएका छन्।

भारत भ्रमणमा रहेका ट्रम्पसँग मंगलबार हैदरावाद हाउसमा भएको भेटवार्ताका क्रममा रक्षा, सुरक्षालगायत विषयमा पनि कुराकानी भएको उनले बताए।

‘हामीले अमेरिका र भारतकाबीच साझेदारी गर्न सकिने सबै महŒवपूर्ण पक्षमा छलफल गरेका छौं,’ मोदीले भने। उनले रक्षा, सुरक्षा, ऊर्जा, रणनीतिक साझेदारी, व्यापार, नागरिक–नागरिक सम्बन्धलगायत बारेमा पनि छलफल भएको जानकारी दिए। 

अन्तर्राष्ट्रिय चासो र स्वार्थ, एसिया प्यासेफिक रणनीति, तेल र ग्यासलगायत विषय पनि छलफलका क्रममा उठेको मोदीको भनाइ छ।   भारतको दुई दिने औपचारिक भ्रमणमा सोमबार आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार फर्किएका छन्।

प्रकाशित: १४ फाल्गुन २०७६ ०३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App