८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

कोरोनाबाट मर्नेको संख्या २७ सय पुग्यो

बेइजिङ (एजेन्सी) – चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मंगलबारसम्म २७ सयले ज्यान गुमाएका छन्। यस्तै, ८० हजार भन्दा बढी संक्रमित भएका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनका अनुसार चीनबाहिर ३९ जनाको ज्यान गइसकेको छ। चीनबाहिर इरानमा सबैभन्दा बढी १५ जनाको ज्यान गएको छ। चीनबाहिर दक्षिण कोरिया, इटाली, जापान, हङकङ, फिलिपिन्स, फ्रान्स, ताइवानमा कोरोना संक्रमितको ज्यान गएको छ।

इटालीको उत्तरी सहरहरू लोम्बार्दी र भेनेतोमा संक्रमितहरूको संख्या बढेपछि ती नगरहरूका करिब ५० हजार वासिन्दालाई विना अनुमति हिँडडुलमा रोक लगाइएको छ।

जापानमा मंगलबार कम्पनीहरूलाई काम गर्ने समयलाई व्यवस्थित गर्न र सरकारी तथा गैरसरकारी संघसंस्थालाई भाइरस संक्रमणबारे जनचेतना फैलाउन दिइएको एनएचके टेलिभिजनले बताएको छ।

दक्षिण कोरियामा पनि कोरोना भाइरस संक्रमितको संख्या दैनिक क्रमशः बढ्न थालेपछि दक्षिण कोरियाले सङ्क्रमणको बढी समस्या भएको बताइएको छ। थप व्यक्तिलाई सङ्क्रमण पुष्टि गर्न उक्त चर्चसँग सम्बन्धित सबैलाई अलग राखेर परीक्षण सुरू गरिएको छ।

कोरोनाले पार्न सक्ने आर्थिक प्रभावको चिन्ताबीच विश्वव्यापी सेयर बजारमा तीव्र गिरावट देखिएको छ। सम्भावित कोरोनाभाइरस महामारीसँग जुझ्नका लागि विश्वव्यापी रूपमा थप तयारी गरिनुपर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको हो।

सोमबार मात्रै इराक, अफगानिस्तान, कुवेत, ओमान र बहराइनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका रिपोर्टहरू आएका थिए।

यी सबै देशमा संक्रमण भएका पाइएका व्यक्तिहरू इरानबाट आएको बताइएको छ। अधिकारीहरूका अनुसार बहराइनमा पहिलो संक्रमित व्यक्ति विद्यालयका बस चालक हुन्।

प्रकाशित: १४ फाल्गुन २०७६ ०३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App