६ वैशाख २०८१ बिहीबार
राजनीति

दलहरुबीच समझदारी हुन्छ: प्रधानमन्त्री

झापा- प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक दलहरुबीच समझदारी हुने विश्वास ब्यक्त गरेका छन्।  प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना कार्यक्रमको झापाको बनियानीमा धान खेतीको सुपरजोनको उद्‍घाटन गर्दै प्रधानमन्त्री दाहालले सदन खुल्ने र ०७४ माघ भित्र निर्वाचन पनि हुने दावी गरे। 'म झापाबाट काठमाडौं फर्केपछि केही नयाँ कुरा आउँछ' उनले भने।

उनले आफु कामको लागि  रातदिन खटेको बताए। 'पहिलो पटक प्रधानमन्त्री हुँदा अलि ढंग पुगेन अहिले ढंग पर्‍याएर अघि बढ्दैछु', प्रधानमन्त्रीले भने, 'राजनीतिक कुरामा भन्दा म काममा अघि बढेको छु।'

देशमा खुट्टा तान्ने रोग व्यापक रहेको बताउँदै उनले यसको उपचार गर्न सके नेपाल चाँडै सम्वृद्ध हुने औंल्याए। कार्यक्रमा कांग्रेस नेता कृष्ण सिटौलाले सबै मिलेर अघि बढ्दा देश सम्वृद्ध हुने बताउँदै त्यसको लागि प्रधानमन्त्रीलाइ कांग्रेसले विश्वास गरेको बताए। प्रतिपक्षीहरुलाई पनि मिलाएर अघि बढ्न उनले सुझाव दिए।

 एमाले प्रमुख सचेतक भानुभक्त ढकालले माघ भित्र सरकारले तीनै तहको निर्वाचन हुने वतावरण गराउँछ भन्ने एमालेको अपेक्षा रहेको बताए।

प्रकाशित: १९ पुस २०७३ ०९:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App