दिल्लीमा हिंसा, ९ को मृत्यु

बुधबार, १४ फागुन २०७६, ०८ : ५१ नागरिक

नयाँ दिल्ली (एजेन्सी) – भारतको केन्द्रीय राजधानी दिल्लीमा दुई दिनदेखि भड्किएको हिंसामा कम्तीमा ९ जनाको मृत्यु भएको छ।

दिल्लीका विभिन्न ठाउँमा नागरिकतासम्बन्धी नयाँ ऐनको पक्ष र विपक्षमा निकालिएको प्रदर्शनले हिंसात्मक रूप लिँदा एक प्रहरी र आठ सर्वसाधारणको मृत्यु भएको हो। आइतबारदेखि भड्किएको हिंसामा करिब एक सय ५० मानिस घाइते भएका छन्।
उत्तरपूर्वी दिल्लीस्थित मुसलमान बाहुल्य क्षेत्रहरूमा प्रदर्शन र हिंसा सुरु भएको बताइएको छ। प्रदर्शनकारी लाठी र ढुंगा बोेकेर सडकमा निस्कन थालेपछि हिंसाले साम्प्रदायिक स्वरूप लिएको हो। प्रर्दशनकारीले पसल र घरहरू जलाएका छन्।
प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रण गर्न अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्जसमेत गरेको थियो।

यसैबीच, केन्द्रीय गृहमन्त्री अमित शाहले शान्तिका लागि सबैसँग अपिल गरेका छन्। गृहमन्त्री शाहले सोमबार राति सुरक्षा उच्च अधिकारीसँग छलफल गरेका छन्। हिंसा भड्किन नदिन गृहमन्त्रालयले उत्तेजक बयानबाजी नगर्न चेतावनी दिएको छ। यस्तै, दिल्लीको छिमेकी राज्य उत्तर प्रदेश र हरियाणासँगको सिमानामा निगरानी बढाइएको छ।

नागरिकता संशोधन ऐन (सिएए) पारित भएयता यसको विरोधमा भारतका विभिन्न ठाउँमा प्रदर्शन भएका थिए। तीमध्ये कतिपय ठाउँमा हिंसात्मक प्रदर्शन भएका थिए। यसअघि ऐनको विरोधमा दिल्लीको प्रदर्शन शान्तिपूर्ण थियो।





यसमा तपाईको मत

अन्य समाचार

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह गर्ने तरिका ! ...

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

Ncell Footer Ad