coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानी उप–स्वास्थ्यमन्त्रीलाई संक्रमण पुष्टि

इरान (एजेन्सी) – इरानका उप–स्वास्थ्य मन्त्री इरज हरिर्चीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन्। इरानमा उच्च अधिकारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको यो पहिलो घटना हो।

स्वास्थ्य मन्त्रीका सञ्चार सल्लाहकार अलिरेजा वाहबजादेहले ट्विटमा भने, ‘कोरोना भाइरसविरूद्ध अग्रमोर्चामा रहेर संक्रमित अन्य नागरिकको सहयोगमा जुटिराखेका उपस्वास्थ्य मन्त्री हरिचीको कोरोना संक्रमण परीक्षण भएको र परीक्षणमा संक्रमण पुष्टि भएको छ।’

वाहबजादेहका अनुसार उप–स्वास्थ्यमन्त्री हरिर्चीले सरकारले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा पटक–पटक खोकेका थिए। लक्षणका आधारमा उनलाई अस्पताल भर्ना गरी उपचार सुरु गरिएको छ। इरानमा कोरोना संक्रमणबाट १५ जनाको ज्यान गइसकेको छ भने ३० संक्रमित भएका छन्।

प्रकाशित: १४ फाल्गुन २०७६ ०३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App