७ वैशाख २०८१ शुक्रबार
कला

हार्वी वाइन्स्टिन बलात्कारी ठहर

न्युयोर्क (एजेन्सी) – हलिउड फिल्मका निर्माता हार्वी वाइन्स्टिन बलात्कारसहित कुटपिटको घटनामा दोषी ठहर भएका छन्। न्युयोर्कस्थत एक अदालतले ६७ वर्षीय वाइन्स्टिनलाई थर्ड डिग्री बलात्कार र फस्र्ट डिग्री आपराधिक यौन कार्यमा दोषी ठहर गरेको थियो।

यसैसँगै उनले २५ वर्षसम्मको जेल सजाय पाउन सक्नेछन्। अदातलका अनुसार बलात्कारको थर्ड डिग्री आरोप भन्नाले सहमति जनाउन नसक्ने अवस्थामा रहेका वा १७ वर्ष भन्दा कम उमेरका वा सहमति दिन नसक्नुका साथै कुनै कारणवश त्यस्तो नगरेकासँग शारीरिक सम्बन्धमा संलग्न रहेको भन्ने बुझिन्छ। उनले त्यससम्बन्धी गम्भीर मुद्दामा भने सफाइ पाएका थिए।

सो फैसलालाई संसारभर चलेको ‘मिटु’ अभियानको सफलताका रूपमा लिइएको छ। सन् २०१३ मा लस एन्जल्समा दुई जना महिलालाई कुटपिट गरेको समेत उनीमाथि आरोप छ। पाँच जना महिला र सात पुरुष रहेको इजलासले सुनुवाइको पाँचौं दिनमा उनीविरुद्ध फैसला सुनाएको थियो।

अभिनेत्री एन्जेलिना जोली, ल्यासेट एन्थोनी, केट बेकिस्, कारा डेलविंग्रे, एमा थाम्पसन र जेन फोंडासहित ८० भन्दा बढीले उनीमाथि यौन दुव्र्यवहारको आरोप लगाएका थिए।

सन् २००६ मा तत्कालीन उत्पादन सहायकलाई कुटपिट गरेको र अभिनेत्री बन्न चाहने एक कलाकारलाई सन् २०१३ मा बलात्कार गरेको आरोपमा अदालतले उनलाई दोषी ठहर गरेको थियो। अदालतले तत्काल उनलाई जेल चलान गर्न आदेश सुनाएको थियो।
सन् २०१८ मा बलात्कार र यौन दुव्र्यवहारका आरोपहरू लागेपछि उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।

संसारभर चलेको ‘मिटु’ अभियानअन्तगर्त उनीविरुद्ध कैयौं यौन दुव्र्यवहारको आरोपहरू लागेका थिए। उनले सहमतिमा मात्र शारीरिक सम्बन्ध राखेको बताउँदै आएका थिए। सो आरोप लागेलगत्तै अस्कर अवार्डको आयोजक द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सले उनलाई बोर्डको सदस्यबाट बर्खास्त गरेको थियो। ‘सहकर्मीहरूलाई सम्मान नगर्ने एक जना व्यक्तिलाई पृथक बनाइएको मात्र होइन। बरू जानीजानी नजानेझैं गरेर यौन दुव्र्यवहार गर्ने, लाजमर्दो व्यवहारमा सहभागी हुने र कार्यस्थलमा हुने यौन हिंसाको युग अब अन्त्य भएको सन्देश दिएका छौं, ’ उनलाई बर्खास्त गरेलगत्तै एकेडेमीले प्रेस विज्ञप्तिमा उल्लेख गरेको थियो।

‘मिटु’ अभियानको लागि महत्वपूर्ण मानिने उनीविरुद्धको मुद्दामा वकिलहरूले यसअिघि पीडितहरूलाई बोलाएर अनुसन्धान गरेका थिए। उनीविरुद्ध मुद्दा दर्ता गराएकी मेगन हास्टले सात पुरुष र पाँच महिलाहरूको वकिल समूहमा बोल्दै हलिउडमा राज गरेका फिल्म निर्माता विन्स्टन ‘एक बलात्कारी’ समेत भएको बताएकी थिइन्। ‘यो उनको सहानुभूतिको अभावका लागि हो। उनी उत्तरदायी हुनुपर्दछ,’ उनले भनिन्।

मिटु अभियानअन्तर्गत शक्तिशाली पुरुषले गरेको यौन दुराचारविरुद्ध एकजुट भएर पीडितहरूले तीन वर्षभन्दाअघि निर्माता वाइन्स्टिनविरुद्ध बलात्कार र दुव्र्यवहारको मुद्दा दर्ता गराएका थिए।

हलिउडका प्रभावशाली निर्माता वाइन्स्टिनले शक्तिको दुरुपयोग गर्दै धेरै महिलाहरूलाई यौन हिंसा र बलात्कार गरेको समाचार सन् २०१७ मा न्युयोर्क टाइम्स र द न्युयोकरले प्रकाशन गरेको थियो। मिटु अभियानको दौरान ८० भन्दा बढी महिलाहरूले उनीविरुद्ध बलात्कार र दुव्र्यवहार गरेको आरोप लगाएका थिए। निर्माता वाइन्स्टिनले सबै आरोपको खन्डन गर्दै आएका थिए।

प्रकाशित: १४ फाल्गुन २०७६ ०२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App