coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जाऊँ’

काठमाडौं – सत्तारुढ नेकपा सांसद शेरबहादुर तामाङले कार्यकारी राष्ट्रपतीय प्रणाली अपनाउनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद तामाङले नेपालको शासकीय स्वरुप महँगो भएको भन्दै जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने तर्क गरे। नेकपाले राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउन मिल्नेगरी संविधान संशोधनका लागि कार्यदल गठन गरेको विषयमा विवाद भइरहेका बेला पूर्वकानुनमन्त्रीसमेत रहेका तामाङको यस्तो धारणा आएको हो। उनले संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतिको प्रावधान राख्न प्रस्ताव गरेका हुन्। प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणालीमा जान पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने १ सय ५१ सदस्यीय एक सदनात्मक व्यवस्था गर्नुपर्ने, संविधानको प्रस्तावनाप्रति प्रतिबद्ध रहेर प्रदेशको संरचना घटाएर समन्वयकारी निकायको रूपमा परिणत गर्नुपर्ने, ७ सय ५३ वटा स्थानीय तहको संख्या घटाएर ३ सय ५० मा झार्नुपर्ने तामाङको भनाइ थियो। त्यसैगरी काठमाडौं उपत्यकालाई बृहत् काठमाडौं उपत्यका विकास प्राधिकरण बनाएर त्यसको प्रत्यक्ष निर्वाचन गर्ने विधि बनाउनुपर्ने पनि उनले बताए।

राज्यको साधारण खर्च ६० प्रतिशतभन्दा बढी भएको उल्लेख गर्दै तामाङले साधारण खर्च बचाएर विकासमा लगाउन सबैभन्दा पहिला शासकीय प्रणाली परिवर्तन गर्नुपर्ने तर्क राखे। शासकीय प्रणाली परिवर्तन भएमा निर्वाचन जसरी पनि जित्नुपर्ने र त्यसका लागि जति पनि पैसा खर्च गर्ने प्रणाली र निर्वाचन जितेपछि जनताप्रति नभई निर्वाचन खर्चप्रति उत्तरदायी हुनुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ थियो। उनले भ्रष्टाचार, कमिसनखोरी, अनियमितता र बेरोजगारीका कारण आम नागरिकमा असन्तुष्टि बढ्दै गएको उल्लेख गर्दै शासकीय स्वरुप परिवर्तन गरी मुलुकको सम्मृद्धिका लागि सबै एक भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित: १४ फाल्गुन २०७६ ०१:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App