८ वैशाख २०८१ शनिबार
समाज

हिन्दु संस्कार सिकाउने एकल विद्यालयले मनायो स्थापना दिवस

एकल विद्यालयको स्थापना दिवस मनाएपछि फोटो खिच्दै अमरगढी–७ मा शिक्षिका तथा बालबालिका ।

डडेल्धुरा- जनकल्याण प्रष्ठिान अभियानाको एकल विद्यालयले मंगलबार विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको छ। बालबालिकालाई हिन्दु संस्कार सिकाउने एकल विद्यालय अन्तर्गत अमरगढी नगरपालिका संचले विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाएको छ।

हिन्दु धर्मको संस्कार जगेर्ना गर्न २०५३ सालमा स्थापना भई संस्कार, शिक्षा, स्वास्थ्य, विकास जागरण, स्वावलम्बनका कार्यक्रम सञ्चालन गर्दै आएको विद्यालयले बालबालिका र अध्यापन गराउने शिक्षिकाहरुले प्रार्थना गर्दै दिवस मनाएको अमरगढी संच प्रमुख निर्मला बोहराले बताइन्।

छरछिमेका बालबालिकालाई एकै ठाँउमा राखी ज्ञान बाढ्ने एकल विद्यालयले अमरगढी नगरपालिका–७ मा ज्ञानसंगै प्रार्थना गरि स्थापना दिवस मनाएको हो। नेपाल भर दुई हजार दुई सय एकल विद्यालय रहेको उनले बताइन्।

चारदेखि १४ वर्ष उमेरसम्मका बालबालिकालाई विद्यालयले निःशुल्क रुपमा कापि कलम दिई पढाउने गरेको छ। । डडेल्धुरामा जम्मा ३६ विद्यालय रहेका छन्। अमरगढी नगरपालिकामा १५, परशुराम नगरपालिकामा १० र आलिताल गाउँपालिकामा ११ वटा केन्द्र रहेका छन्। हिन्दु धर्मावलम्बिहरुको सहयोगबाट विद्यालय सञ्चालन हुँदै आएको अमरगढी संच प्रमुख बोहराले बताईन्।
 

प्रकाशित: १३ फाल्गुन २०७६ १४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App