coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दुई तिहाइको कम्युनिष्ट सरकार जनतासामु नाङ्गियो : कांग्रेस नेता कोईराला

कपिलवस्तु- नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोईरालाले दुई तिहाइको कम्युनिष्ट सरकार जनतासामु नाङ्गिएको बताएका छन्। एकपछि अर्का जनबिरोधी काम गरेर ओली नेतृत्वको सरकार आफै संकटमा परेको उनले बताए। नेपाली कांगे्रस कपिलवस्तुद्धारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

सुशासनको नारा दिएको वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको उनले बताए। स्वतन्त्र रुपमा काम गर्नुपर्ने निकायहरुमा दुई तिहाइ सरकारको छाँया परेको कोईरालाले आरोप लगाए। नेता कोईरालाले सरकार सामु सर्वोच्च अदालत समेत निरिह भएको आरोप लगाए। उनले सरकार र सर्वोच्च अदालतको मिलोमतोमा धेरै निर्णय हुन थालेको बताए। सरकारका गलत काम कारबाहीविरुद्ध अख्तियारले समेत बोल्न नसकेको स्पष्ट पार्दै दुई तिहाइको सरकार अधिनायकवादको यात्रामा अघि बढेको कोईरालाले बताए।

केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले काण्डै काण्ड गरेर कम्युनिष्टहरु दुई वर्षमा जनताको सामु नाङ्गिएको बताए। कम्युनिष्टले अब तिन वर्ष सरकार चलाए कांग्रेसले घात अन्तरघातबीच पनि चुनाव जित्ने दाबी गरे। कांग्रेस पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दिपकुमार उपाध्यायले केन्द्रमा कुरा मिलेसम्म भागबन्डा गर्ने र नमिल्दा बिरोध गर्ने प्रबृत्ति त्याग्नु पर्नेमा जोड दिए। सो अवसरमा कांग्रेस जिल्ला स्तरिय नेताहरुले कांग्रेसले सरकारको सशक्तरुपमा प्रतिबाद गर्न नसकेको भन्दै बिरोध जनाए।

जिल्लामा कांग्रेसी नेताहरुलाई छानी छानी मुद्दा लगाए पनि केन्द्रीय स्तरको नेताहरुले कुनै मतलब नराखेको उनीरुले आक्रोस पाखे। कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टीका नेताहरु दिपक गिरी, सुरेन्द्रराज आचार्य, अमरसिंह पुन, डाक्टर गोबिन्द पोख्रेल, डाक्टर शोभाखर पराजुली लगायतले भ्रष्टाचारमा उद्दत वर्तमान सरकार काण्डै काण्डमा फसेको बताए। कार्यक्रममा पार्टीका पूर्व जिल्ला सभापति राजेश आचार्य, सुधाकर पाण्डेए, कमलेशकुमार शर्मा, बिष्णुराज आचार्य, महिला नेतृ इन्दीरा भट्टराई लगायतले पार्टी एकबद्ध भई सरकारको गलत कामको भन्डाफोर गर्नुपर्ने बाताएका थिए।

 

प्रकाशित: १३ फाल्गुन २०७६ १४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App