१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमसिसीविरुद्ध नेमकिपाको विरोध प्रदर्शन

काठमाडौं- अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्जा कर्पोरेशन खारेजीको माग गर्दै नेपाल मजदुर किसान पार्टीले विरोध प्रदर्शन गरेको छ। राष्ट्रघाति एमसिसी सम्झौता खारेजी गर्न नेपाल सरकार र अमेरिकी सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको नेमकिपाले जनाएको छ।

नेमकिपाका सांसद प्रेम सुवालले रत्नपार्कबाट निकालिएको जुलुस अमेरिकी दूतावाससम्म पुगेको थियो। एमसिसी सैन्य गठबन्धनसँग सम्बन्धित रहेका कारण यो नेपालमा आवश्यक नरहेको उनले बताए। अमेरिकाले हिन्द प्रशान्त क्षेत्रमा अशान्ति चाहेको र उसको लक्ष्य यो क्षत्रमा युद्ध गरी हतियराको ब्यापार गर्ने रहेको उनले बताए। नेपालस्थित अमेरिकी दूतावास मार्फत अमेरिकी सरकारलाई विरोधपत्र बुझाएको उनले बताए।

प्रदर्शनका क्रममा देश बेच्न पाइँदैन, एमसिसी खारेज गर, विदेशी पूँजीपति दलालहरु मुर्दावाद लगायतका नारा लगाइएका थिए। त्यसैगरी सैन्य गठबन्धन चाँहिँदैन, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नाराहरु प्रदर्शनकारीहरुले लगाएका थिए।

प्रकाशित: १३ फाल्गुन २०७६ १३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App