८ वैशाख २०८१ शनिबार
समाज

आठ हजार विद्यार्थीले दिए ज्ञान परीक्षा

काठमाडौं- नेपालको संस्कृति, रितिरिवाज र समाजिक उत्तरदायित्वको सन्देश दिने उद्देश्यसहित काठमाडौंमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा आयोजना भएको छ।

हिन्दु स्वयंसेवक संघ नेपालको आयोजनामा भएको उक्त परीक्षामा ५ सय विद्यालयका ८ हजार विद्यार्थीहरु सहभागी भएका थिए। स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाका संयोजक महाश्रम शर्माले हिन्दु दर्शन, मूल्य, संस्कृति, इतिहास, भूगोलसहित नेपालका विशेष पहिचानलाई जनाउने प्रश्न र तिनको उत्तर संकलन भएको 'स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा’ नामको पुस्तकबाट प्रश्नहरु सोधिएको र एक घण्टापछि नतिजा प्रकाशित गर्ने गरी परीक्षा आयोजना गरिएको बताए।

उनले यो अभियान समाजलाई परिवर्तन गर्न, नैतिक मूल्य मान्यता र चरित्र लगायतका विषयहरुलाई विद्यार्थीहरुमा लागू गर्न परीक्षाले सहयोग गर्ने बताए।

आठ हजार जना विद्यार्थीको उत्तर पुस्तिका परीक्षा सकिएको एक घण्टामै जाँच गरी नतिजा प्रकाशित गरीएको थियो। परीक्षामा प्रथम, द्धितिय र तृतीय हुने विद्यार्थीहरु पुरस्कृत भएका छन्।

प्रकाशित: १३ फाल्गुन २०७६ १२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App