coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

असिना पानीले ८ सय किसान प्रभावित

नौमुले गाउँपालिकाको सल्लेरीमा असिनाले नष्ट गरेकोे तरकारी । तस्बिर : गोविन्द/नागरिक

दैलेख– आइतबारदेखि नौमुले र गुरासँ गाउँपालिकामा परेको असिना पानीले ८ सय बढी किसानहरु प्रत्यक्ष रुपमा प्रभावित भएका छन्। नौमुलेमा ३ फिटसम्म असिना परेपछि बालीनाली पूर्ण रुपमा नष्ट भएको छ। असिनाले नष्ट गरेको बाली मूल्यांकन र किसानमाझ अनगुमन गर्न गाउँपालिकाले गाउँमै पुगेको छ।

किसानले लगाएको तरकारी, गहुँबाली पूर्ण रुपमा नष्ट भएको नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले बताए। नौमुले गाउँपालिकाका सबै वडामा असिना पानी परेको छ। असिनाले आफूहरुले लगाएको बाली पूर्ण रुपमा नष्ट गरेको नौमुले गाउँपालिका–३ द्धारीका किसान टिकाराम विकले बताए। ‘आफूहरुले लगाएको कुनै पनि बाली बचेन।’ किसान टिकाराम विकले भने, फल्ने बेलामा गहुँ तथा तरकारी पूरै भाँगिएर नष्ट भयो।’ छिनभरमै आँखा अगाडी असिनाले लगाएको बाली नष्ट गरेको अर्का किसान दिपेन्द्र खत्रीले बताए। किसानहरुका लागि असिनाले वर्षेनी दुःख दिने गरेको उनको भनाई छ।

गाउँपालिकाका अध्यक्ष भदे बुढामगरसहितको टोली किसानको बारिमा पुगेका छन्। नौमुलेमा १ करोड बढी क्षती हुन सक्ने अनुमान नौमुले गाउँपालिकाको छ। गाउँपालिकामा असिनाले ठूलो क्षति गरेको छ। गाउँपालिका अध्यक्ष भदे बुढामगरले भने, मूल्यांकन र अनुगमनका लागि गाउँपालिकाले किसानको बारीमै पुगेर अनुगमन गरिरहेको छ। आवश्यकता अनुसार असिना पीडित किसानहरुलाई राहत दिने गाउँपालिकाले जनाएको छ।

त्यस्तै गुरासँ गाउँपालिकामा पनि बाक्लो असिना परेको छ। असिनाले तरकारी, गहुँ नष्ट भएको छ। गाउँपालिका अध्यक्ष खेमराज ओलीले किसानहरुमाझ पुगेर राहतका कार्यक्रमहरु ल्याउने बताए। गुरासे तरकारीका लागि प्रख्यात क्षेत्र हो। कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलक पाण्डेले असिना दैलेखका धेरै ठाउँमा आएको खबर पाए पनि क्षतिको विवरण नआएको बताए।

 

प्रकाशित: १३ फाल्गुन २०७६ ०८:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App