८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्री ज्यू ! जताबाट हेरे पनि यतीवादी देखिनुभयो

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले आफुमाथी उठेका प्रश्नहरुको प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनु पर्ने बताएका छन्। संसदको विशेष समयमा बोल्दै थापाले भने, 'प्रधानमन्त्रीले गोकुल बास्कोटा प्रकरणको अडियो सुन्नु भएको दावी आएका छन्। उहाँले संसदमा आएर यसको उत्तर दिनु पर्छ। प्रधानमन्त्री डाँडा काँडा ताल लतैया हेरर बस्ने होइन संसदमा आउनु पर्छ। प्रश्नको सामाना गर्नुपर्छ। निम्छरो प्रश्न होइन सहि प्रश्नको उत्तर दिनुपर्छ।'

सेक्युरिटी प्रेस खरिदको विषयमा मात्र होइन अन्य ठेक्काबारे प्रधानमन्त्री जानकार भए पनि परिस्थिति आफ्नो काबु बाहिर गएपछि गोकुल बास्कोटालाई बलिको बोका बनाइएको टिप्पणीहरु भइरहेको उनले बताए।

'प्रधानमन्त्री जी तपाईलाई नागरिकहरु के भन्दैछन् सेक्युरिटी प्रेसको मात्र होइन स्याटलाइट, अप्टिकल फाइवर विच्छ्याउने कुरा, सामुदायिक विद्यालयमा ल्याव बनाउने, फोर जी ठेक्का सबै प्रधानमन्त्रीलाई थाहा थियो अहिले परिस्थिति बाहिर गएपछि गोकुल बास्कोटालाई बलिको बोका बनाइयो', उनले भने।

प्रधानमन्त्रीलाई सबै कुरा थाहा छैन भने प्रधानमन्त्री जीलाई के थाहा छ? उनले प्रश्न गरे। पहिले प्रधानमन्त्री मार्क्सवादी जस्तो त्यस पछि समाजवादी जस्तो र अहिले जताबाट हेरे पनि यतीवादी जस्तो देखिएको नेकपाकै नेता कार्यकर्ताले बताउने गरेको टिप्पणी गरे।

'एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउनको लागि संविधान संशोधन बनाउने कुरा के हो। तपाई विचरो हुनु भयो', थापाले भने।

नागरिकहरुले तपाईको जन्मदिन मनाउने कुरालाई राजाको झल्को मेटेको बताएउने गरेको बताए। प्रधानमन्त्रीको जन्मदनिले नागरिकले पूर्वराजाको न्यास्रो मेटाएको उनले बताए।

'तपाईले यी सबै कुरा थाहा पाउनु भएको छ र थाहा नपाएको जस्तो गर्नु भएको छ भने त्यो पाप हो। संख्या तपाईसँग तपाईसँग होला तर शासन गर्ने क्षमता तपाईले गुमाउनु भएको छ,' उनले भने।

प्रकाशित: १३ फाल्गुन २०७६ ०८:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App