७ वैशाख २०८१ शुक्रबार
कला

जनकपुरमा चित्रकला प्रदर्शनी

जनकपुर– जनकपुरमा आइतबारबाट मुलुकका प्रख्यात कलाकारहरूका ३७ वटा परम्परागत थाङ्का र पौभा चित्रहरूको प्रदर्शनी सुरु भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान अन्र्तगत परम्परागत शिल्पकला विभागको आयोजनामा ‘शिल्पकला यात्रा’ मा प्रदर्शनी गरिएको हो। प्रदर्शनीको उद्घाटन प्रदेश नं २ का प्रदेश सभा सदस्य रामआशिष यादवले गरेका थिए।

‘शिल्पकला यात्रा’बाट परम्परागत चित्रकलाको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास प्राज्ञ परिषद सदस्य तथा परम्परागत शिल्पकला विभाग प्रमुख बुद्धि गुरुङको छ।

प्रदर्शनीमा आनन्दमुनि शाक्य, दिपककुमार जोशी, धनबहादुर चित्रकार, माणिकमान चित्रकार, सिद्धिमुनी शाक्य, ज्ञानकर बज्राचार्य, अमृत डंगोल, उदय बज्राचार्य, उदयचरण श्रेष्ठ, कृष्णराम धेमसु, दिनेशचरण श्रेष्ठ, देवेन्द्र सिंख्वाल, न्हुच्छेकाजी बज्राचार्य, पाल्साङ्मो लामा, पुर्णप्रसाद ह्योजु, पुरण ह्योजु, भूमिराज चौलागाईँ, मुक्तिसिंह थापा, रत्नगोपाल सिंख्वाल, रवि श्रेष्ठ, रितेश शाही, राजप्रकाश तुलाधर, रामप्रकाश श्रेष्ठ, लोक चित्रकार, शंकर कुमार जोशी, समुन्द्रमान सिंह श्रेष्ठ, सर्यबहादुर चित्रकार, सुन्दर सिंख्वाल, सुदर्शन सुपाल, हरिप्रसाद वैद्य लगायत कलाकारका चित्र छन्।

प्रदर्शनीको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि यादव, प्राज्ञ गुरुङ, प्रतिष्ठानकी लोककला विभाग प्रमुख मिथिलादेवी यादव, कलाकार पूर्णप्रसाद ह्योजु, धनुषा जिल्ला हस्तकला संघका पूर्व अध्यक्ष अशोक जलान लगायतले कलाकर्मको महत्त्व माथि प्रकाश पारेका थिए।

प्रतिष्ठानले फागुन १४, १५ र १६ गते धरानमा पनि यि चित्रहरूको प्रदर्शनी गर्दैछ।

प्रकाशित: १३ फाल्गुन २०७६ ०८:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App