coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कर्णाली नदीमा खस्यो जीप, चालक बेपत्ता

जुम्ला - कालिकोटका रासकोट नगरपालिका देखि लालिघाटतर्फ आउँदै गरेको बोलेरो जीप कर्णाली नदिमा खसेको छ। यात्रु झारिसकेपछि ब्याक गर्नेक्रममा जीप नदिमा खसेको प्रत्यक्षदर्शीलाइ उदृध गर्दै जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।  जीप चालक कर्णाली नदिमा बेपत्ता छन्। जीपको छत देखिरहेको छ। संभव भए सम्म जीप नै निकाल्ने पहल भइरहेको छ,‘ कालिकोट प्रहरीका डिएसपी श्यामबाबु ओलियाले भने,‘ यात्रु सबै झरिसकेकोले ठूलो क्षति भएन्। चालक जीप भित्रै रहेको हुनसक्ने अनुमान गरिएको छ। ’

ग१ज ४१४१ नम्बरको बोलेरो नरहरीनाथ गाउँपालिकाको लालिघाटमा दुर्घटना भएको हो। गाडीमा चालक मात्र थिए। गाडी चालक चक्रबहादु खड्का वेपत्ता भएका छन्। प्रहरी घटनास्थल तर्फ गइरहेको छ। स्थानीयले चालक र जीपको खोजी भइरहेको जनाएका छन्। दुर्घटनाको खास कारण खुलेको छैन्।

प्रकाशित: १३ फाल्गुन २०७६ ०६:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App